जिल्लाको विन्ध्यावासिनी गाविस वडा नंं ३ मा पर्दछ जाम्ने बस्ती । यस बस्तीमा १०२ महिला र ९० पुरुष गरी १९२ जनसंख्या सहित ३६ घरधुरी दलित बसोबास गर्दछन् । यस बस्तीमा बसोबास गर्ने समुदाय अशिक्षित, गरीब र सामाजिक रुपले अछुत भनिन्छन् । सबै क्षेत्रबाट प्रदान गरिने सेवा र सुविधाहरुमा यस समुदायको अति नै कम पहूंच छ । समुदायका प्रायः जसो सदस्यहरु जीवनयापनका लागि दैनिक ज्यालादारीको काम गर्न बाध्यछन् ।

विन्ध्यावासिनी गाविसको जाम्ने बस्तीका स्थायी वासिन्दा बमबहादुरको जीवनशैली पनि वस्तीका अन्य सदस्यहरुको भन्दा भिन्न छैन् । यीनको परिवारमा ४ पुरुष र ३ महिला गरी जम्मा ७ जनाको संख्या रहेको छ । उनी भन्दछन्, “ ज्याला मजदुरी नै मेरो जिउने एउटा मात्रै श्रोत हो । जसको आम्दानीबाट परिवारलाई वर्ष भरि भरणपोषण गर्न मुश्किल पर्दछ । सन्तानलाई विद्यालय पठाउनु मेरो परिवारको दोश्रो कुरा हो । आर्थिक र सामाजिक कारणले मेरो जीवन मानवीय जीवन थिएन् ।
अहिले उनी संग विन्ध्यावासिनी गाविसको वडा नंं ३ माखुमा एउटा सानो पसल छ । उनी भन्छन्, “ २०६३ साल बैशाखमा सामाजिक सेवा केन्द्र (सोसेक), दैलेखका कर्मचारीहरु आई हाम्रो गाविसमा गाविस स्तरीय, वडा स्तरीय र वस्ती स्तरीय अभिमुखिकरण संचालन गरी हामीलाई समूह बनाउन उत्प्रेरण दिनु भयो । संस्थाका कर्मचारीको सहजीकरणमा हाम्रो वस्ती जाम्नेमा हामीले एउटा सामुदायिक संस्थाको गठन ग¥यौ । जसमा ३६ जना सदस्यहरु हुनुहुन्छ र उक्त सामुदायिक संस्थाको नाम मष्टाथान सामुदायिक संस्था राख्यौं । संस्थामा कार्यरत कर्मचारीहरुको सहजीकरणमा सामुदायिक संस्थाको प्रस्तावना तयारी भई गरीबी निवारण कोष, नेपालमा दर्ता र सम्झौता पश्चात हामीले आफ्नो मागमा आधारित आयआर्जन क्रियाकलापका लागि अनुदान रकम पायौं । त्यस पछि मैले समुदायिक संस्थाबाट माग गरिए अनुसारको साना व्यापारमा रु. १७,०००÷ ऋण लिई व्यवसाय संचालन गरे । व्यवसाय संचालन पछि मेरो परिवारको जीवनमा खुशियाली छायो । मैले पसलमा कांचो कपडाको बिक्रि शुरुवात गरे । पसल सगसंगै मैले कपडा सिलाई पनि गर्न थाले, जसले मेरो आम्दानीमा थप सहयोग ग¥यो। विस्तारै मेरो आम्दानीमा वृद्धि हुंदै गयो, जसको फलस्वरुप पसलमा पनि वृद्धि हुदै गयो ।
हाल पसलबाट मासिक आम्दानी ६,०००÷ हुने गर्दछ । जसबाट परिवारको आवश्यकता परिपूर्ति हुनुका साथै, परिवारको शिक्षा, स्वास्थ्य उपचार गर्न समेत म सक्षम भएको छु । अहिले मेरो पसलमा खुद्रा र कपडा गरि धन्नै रु. २,५०,०००÷ सम्मको सामाग्री रहेको छ । अहिले म मेरो व्यवसायबाट सन्तुष्ट छु जसले मलाई स्वरोजगार बनायो । जुन कार्यक्रमले मेरो जीवनशैलिमा नै परिवर्तन ल्यायो ।
समुदायमा सामुदायिक संस्थाको गठन पश्चात म जस्तै पहूंच नभएका केही गरी हालौ भन्ने सदस्यहरुलाई गरीबी निवारण कोषले गरेको सानो सहयोगले धेरै ठूलो टेवा पु¥याएको छ । यसैलाई विउ मानी हामीले समुदायमै छरिएर रहेको पूंजि संकलन गरि आर्थिक श्रोत जटाई वस्ती मै केही गर्न सकिने रहेछ भन्ने पाठ सिकेका छौं ।
त्यसैले हामीलाई आर्थिक सहयोग गर्ने गरीबी निवारण कोष, नेपाल, कार्यक्रम संचालन गर्ने संस्था सोसेक, कार्यरत कर्मचारीहरु साथै अन्य सरोकारवाला निकाय र समुदाय जसले मलाई साना व्यापार शुरुवात गर्न उत्साह दियो ती सबैलाई धन्यवाद दिन्छु । आर्थिक अवस्थाले नै सामाजिक जीवनशैलीमा परिवर्तन ल्याउदो रहेछ ।
अन्त्यमा यदि परिश्रम र इमान्दर भई कार्य गरेमा कुनै पनि कुरा असम्भव रहेनछ, मौका आउछ त्यसलाई छोपी उचित व्यस्थापन गर्न सकेमा हामी जस्ता गरीब र पहूंच हिन ग्रामीण र पिछडिएका समुदायले केही गर्न सक्छौ भनि म सबैलाई अनुरोध गर्दछु ।