परामर्शकर्ता सेवा, खरिद सम्वन्धि सुचना !!
प्रथम पटक प्रकाशित मिति २०८२ साल चैत्र महिनाको २३ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।
1. यस संस्थाको खरिद समितिको मिति २०८२ साल चैत्र २२ गतेको निर्णयनुसार यस संस्थाको सहयात्रा तेस्रो परीयोजना अनतर्गत Advance EXCEL तालिम संचालनका लागि परामर्शकर्ता आवश्यक परेकाले ईच्छुक सप्लायर्स, फम तथा ब्यक्तिलहरुले सूचना प्रकाशन भएको मिति बाट सात दिन (२०८२ चैत्र २३ गते देखी २०८२ चैत्र २९ गते) भित्र संस्थाबाट उपलब्ध TOR अनुसार आर्थिक तथा प्राबिधिक प्रस्ताबना पत्र सहित संस्थालाई आवश्यक कागजात सहित संस्थाको इमेल procurement@sosec.org.np मा password राखी पेश गर्नका लागी यो सुचना प्रकाशन गरिएको छ ।
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. प्राबिधिक र वितिय प्रस्तावना पत्र संस्थाबाट उपलब्ध TOR अनुसार
२. बाल सुरक्षा निति र सुरक्षा नितिमा हस्ताक्षर गरिएको एक प्रति
३. फर्म दार्ता नविकरणको प्रतिलिपी
४. स्थायी लेखा नम्बरको प्रतिलिपी
५. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
६. परामर्शकर्ताहरुको बायोडाटा
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. procurement@sosec.org.np मा password राखी पेश गर्नपर्ने ।
२. तोकिएको समयमा सेवा उपलब्ध गराउन सक्ने सप्लायर्स तथा फम लाई प्राथमिकता दिईने छ ।
१. प्रस्तावना पत्र खोल्ने समयमा सप्लायर्स तथा फम आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि प्रस्तावना पत्र खोल्न वाधा हुने छैन ।
३. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
४. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन ।
५. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
६. प्रस्तावना पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख
७. प्रस्तावना पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल चैत्र २९ गते ५ बजे सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ चैत्र ३० गते विहान ११:०० बजे खोलिने छ ।
८. प्रस्तावना पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।
खरिद समिति
सोसेक, नेपाल