दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सुचना मिति २०८३ साल बैशाख महिनाको ३१ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक
आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको
रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले
कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण
समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको
सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले
लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन
गर्दै आएको छ । क) असमानता
विरुद्ध (वकालत),
ख) उत्थानशिल
जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) खानेपानी तथा पोषण, ङ) जिवनउपयोगि
तथा समावेशी शिक्षा र च) बाल समृद्धि
साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ।
स्थान: सोसेक नेपाल, केन्द्रीय कार्यालय नारायण, दैलेख
दरभाउपत्र दरभाउपत्रदाता
वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता
वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र
खोल्न बाधा पर्ने छैन ।
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१.
सामाग्री खरिद सम्झौता
बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भैइ{ सोसेक नेपालको कर्मचारीले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई
भुक्तानी गरिने छ ।
२.
दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक
रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस सोसेक नेपाल खरिद समिति,
दैलेखमा सुरक्षित रहनेछ ।
३.
एक दरभाउपत्रदाताले एक
मात्र दरभाउपत्र पेश गर्न सक्नेछ । एक दरभाउपत्रदाताले
एक भन्दा बढी दरभाउपत्र पेश गरेमा सो
वोलपत्रदाता सहभागी भएको सवै दरभाउपत्रहरु
रद्द हुनेछन ।
४.
दरभाउपत्र सम्बन्धी
सम्पूर्ण कागजपत्रहरुको भाषा नेपाली र अंग्रजी भाषामा हुनेछ ।
५.
दरभाउपत्रको मुद्रा नेपाली
रुपैयाँ हुनेछ र खरिद सम्झौता बमोजिमका भुक्तानी समेत नेपाली रुपैयाँमा गरिनेछ ।
६.
दरभाउपत्रदाताले दरभाउपत्रमा
उल्लेख गरेको मूल्य अपरिवर्तनीय रहनेछ । मूल्य परिवर्तन नहुने कुरा सम्झौता
बमोजिमको काम सम्पन्न नहुन्जेल सम्मका अवधिका लागि लागु हुनेछ र यस अवधिमा हुने
कुनै मुल्य परिवर्तनलाई मानिने छैन ।
७.
दरभाउपत्रको प्रत्येक
पेजमा नमेटिने मसीले लेखिएको र आधिकारिक व्यक्तिबाट हस्ताक्षर र छाप लगाएको हुनुपर्नेछ
।
दरभाउपत्रमा लेखिएका कुनै दर सच्चाइएको,
फेरबदल गरिएको, थपिएको भएमा सो स्थानमा माथि
उल्लेखित आधिकारिक हस्ताक्षरीबाट हस्ताक्षर गरी छाप लगाइएको हुनु पर्नेछ ।
८.
दरभाउपत्र पेश गर्न अघि procurement@sosec.org.np मा password राखी वा खामबन्दी
गरी लाहाछाप लगाउनु पर्नेछ र खामका वाहिर दरभाउपत्र
तथ्याङ्क सम्बन्धी विवरणमा उल्लेख भए बमोजिम “सोसेक
नेपाल नाम र ठेगाना”,सामाग्री आपूर्ति
सम्बन्धी दरभाउपत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको नाम
र ठेगाना” व्यहोरा उल्लेख गर्नु पर्नेछ ।
९.
दरभाउपत्रहरुको परीक्षण,
मूल्याङ्कन र तुलना, दरभाउपत्रदातासंग माग
भएको जानकारी तथा स्वीकृतिको सिफारिस जस्ता प्रक्रियाहरु गोप्य राखिनेछ ।
१०. न्यूनतम अंक कबा]ल
गर्ने दरभाउपत्रदाताको योग्यता जाँच गर्दा
दरभाउपत्र सम्बन्धी कागजातमा उल्लिखित योग्यता अनुरुप भएको पाईएमा
त्यस्तो दरभाउपत्र न्यूनतम मूल्यांङ्कित
सारभूतरुपमा प्रभावग्राही दरभाउपत्र मानिनेछ ।
११. छनौट भएको दरभाउपत्रदाताको दरभाउपत्र
स्वीकृत गरी निजलाई कम्तिमा %
दिन भित्र खरिद सम्झौता गर्नको लागि सूचना दिइने छ । तोकिएको मिति भित्र दरभाउपत्रदाता
सम्झौता गर्न नआएमा सो भन्दा पछिको अर्को न्युनतम मूल्याङ्कित सारभुतरुपमा
प्रभावग्राही दरभाउपत्रदाताको दरभाउपत्र स्वीकृत गरि निजसंग खरिद सम्झौता गरिने छ
।
१२. सक्कल भ्याट विल र सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री
ढुवानी पश्चात भुक्तानी गरिनेछ ।
खरिदकर्ताको सुविधा वा अनुकुलता
अनुसार पूर्ण वा आंशिक भुक्तानी गर्न सक्नेछ ।
१३. आपूर्तिकर्ताले आपूर्ति गरिने सामाग्रीहरु खरिद सम्झौतामा अन्तिम गन्तब्य भनी
उल्लेख भएको स्थानसम्म पुर्याउनका लागि पठाउने क्रममा हानी नोक्सानी नहुने र
गुणस्तर नबिग्रने गरी उपयुक्त किसिमबाट प्याकिङ्ग गराउनु पर्नेछ ।
१४. नेपाल सरकारले लगाएका मूल्य अभिबृद्धि कर बाहेकका सबै किसिमका कर, शुल्क, इजाजत दस्तुर आदिका सम्बन्धमा आपूर्तिकर्ता पूर्ण रुपमा जिम्मेवार हुनेछ ।
१५.
यो दरभाउपत्रको
मान्य अवधि दरभाउपत्र पेश गर्ने तोकिएको
अन्तिम मिति देखि १५० दिन रहने छ ।
१६.
उल्लेखित सामाग्रीहरु परियोजनाको आबश्यकता अनुसारको
परियेजनाको खरिद आदेश अनुसार खरिद गरिनेछ ।
१७.
दरभाउ पत्रमा माग भएबमोजिम ब्रान्ड तथा कम्पनीको नाम
तथा मोडेल नम्बर आनिबर्य रुपमा राख्नुपर्ने छ, ब्रान्ड तथा कम्पनी,मोडेल नम्बर उल्लेख नगरेमा अंक प्रदान गरिने छैन ।