अन्तराष्ट्र्यि विपद् जोखिम न्यूनीकरण दिवश २०१२ को सन्दर्भमा जनहितका लागि जारी पूर्वतयारीका सन्देशहरु तथा नाराहरुः उत्थानशिल समुदाय निर्माणमा महिला तथा वालिका अदृश्य शक्ति हुन । विपद् पूर्व तयारी, हामी सबैको जिम्मेवारी विपद् बाजा बजाएर आउदैन है.............। समुदायका सदस्यहरु नै प्रथम उद्धारक हुन् । राहत दया होइन, अधिकार हो । पूर्व तयारीमा रहन सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ । भूकम्प प्रतिरोधी घर निर्माण गरौं । सुत्ने ठाउँको माथि गह्रौं तथा धारिला वस्तुहरु नराखौं । घरमा भएका महत्वपूर्ण सामानहरु (झटपटको झोला) र परिवारका सबैलाइ थाहा हुने गरि सुरक्षित स्थानमा राखौं । सुरक्षित स्थानको पहिचान गरी राखौं । जीवनका अत्यावश्यक सामग्रीहरm जस्तै – अन्न, पानी आदिको पूर्वतयारी गरी राखौं । आपतकालीन सामग्रीहरु जस्तै टर्चलाइट, सलाई, रेडियो तुरुन्त भेटिने स्थानमा राखौं । सहयोगी निकाय र महत्वपूर्ण टेलीफोन नम्बरहरु जानी राखौं । हिँड्ने बाटो फराकिलो र खुला राखौं । भूकम्पवाट वच्न पूर्वतयारी योजना वनाई राखौं । कोठा भित्र दराज, ऐना, र्याक, जस्ता गह्रौ वस्तु नहल्लिने गरी वांधेर राखौं । बाढीवाट बच्न निम्न पूर्वतयारी गरौं । महत्वपूर्ण कागजपत्रहरु सुरक्षित राखौं । आपतकालीन कोषको व्यवस्था गरौं । पूर्वतयारीको योजना बनाऔं र छलफल गरौं । वर्षातको लागि आवश्यक पर्ने सुख्खा खानेकुराहरु तयार गरी राखौं । पूर्वसूचना प्रणाली संयन्त्र बनाऔं । नदीको किनारमा वालुवाको वोरा, वाँस आदिको बार लगाएर वृक्षारोपण गरौं । आपतकालीन सामग्रीहरु (प्राथमिक उपचारका सामाग्री, डुङ्गा, टूयव, डोरी लाईफ ज्याकेट......आदि) तयारी अवस्थामा राखौं । उद्धार गर्दा वुढावुढी, गर्भवती, सुत्केरी, वालवालिका र अशक्तलाई प्राथमिकता दिउ‘ । सूरक्षित स्थान तथा सूरक्षित घर÷भवनको पहिचान गरी राखौं । सहयोगी निकाय र महत्वपूर्ण टेलिफोन नम्वर जानी राखौं । संभावित प्रकोपवाट कसरी वच्ने भनि नमुना अभ्यास गरी राखौं । विपद् पूर्वतयारीको विषयमा विध्यार्थीहरmलाई कक्षा कोठा छलफल एवं प्रतियोगिताहरm मार्फत जनचेतना अभिवृद्धि गराऔं । भिरपाखाबाट जथाभावि ढुङ्गा, माटो नझिकौं । अव्यवस्थित तरीकाले रुखहरु नकाटौं । पहिरो जाने ठाउँमा रुखविरुवा लगाई संरक्षण गरौं । पहिरो जाने ठाउँ वरीपरी भलकुलो तर्काउँ, टेवा पर्खाल लगाई ढुङ्गा, माटो तल खस्नवाट रोकौं । भिरालो जमिनमा घाँस र फलफूल लगाई माटोको संरक्षण गरौं । पहिरो जान लागेको क्षेत्रमा मानिस, घरपालुवा पशुलाई पस्न नदिऔं । समुदायको पहिरोवाट वच्न पूर्वतयारी योजना वनाई राखौं । महामारी फैलन सक्ने संभावना प्रति सतर्क रहेर सरसफाईमा ध्यान दिउं । विपद् पीडितको मानव अधिकारको रक्षाका लागि पहल गर्ने ।