संस्थाको आ.व. ०७०।०७१ आय व्यय सार्वजनिककरण उपरोक्त सम्वन्धमा संस्थालाई सुशासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा बमोजिम संस्थाले विगत देखि नै संस्थाको आय व्यय विवरण सार्वजनिक गर्दै आईरहेकोछ । यसै सन्दर्भमा यस संस्थाले संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम मिति २०७१ श्रावण १५ गते सम्पन्न गरिसकेको अवगत गराउदै यस वर्षको संस्थाको आय रु.दुई करोड चवन्न लाख एक्काईस हजार पाँच सय चौसठ्ठी रुपौया पैसा त्रियानब्वे मात्र र व्यय रु दुई करोड उनन्चालिस लाख वाह्र हजार चार उनन्साठी रुपैया पैसा उनासी मात्र भएको व्यहोरा अनुरोधछ । साथै विवरण तपसिलमा रहेकोले डाउनलोड गरि विभिन्न कार्यक्रम र साझेदार संस्थावाट आएको आम्दानी र कार्यक्रममा भएको खर्च हेर्न सकिने व्यहोरा सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएकोछ । सल्लाह, सुझाव तथा सहयोगको लागि धन्यवाद, । Download SOSEC_Letter_Anual Budget & Expenditure notice