३ दिने जोडि समुहलाई मोडुलर तालिम
कालिकोटको पश्चिममा पर्ने धौलागोह र खिन गाविसमा जोडि समुहलाई मोडुलर तालिम ३ दिन सम्म संचालन गरियो । स्वीस क्याथोलिक वर्तदान कार्यक्रमको आर्थिक सहयोग सामाजिक सेवा केन्द्र सोसेकको नेपालको आयोजनामा धौलागोह र खिन गाविसमा गठित एकै घरका श्रीमान श्रीमति जोडि समुहका १८ वटा जोडिका ३६ जनालाई जातिय छुवाछुत,लैंगिक हिंसा,महिला हिंसा ,छाउपडी,करेसावारी निर्माण,नर्सरी व्यवस्थापन,पूर्ण सरसफाई ,आफ्नो घर नमुना कसरी बनाउने भन्ने विषयमा तालिम संचालन गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण केड नेपाल मुगुका जिल्ला कार्यक्रम संयोजक लिला टमटाले र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका फिल्ड कार्यक्रम सहायक जनक नेपालीले गरेका थिए भने कार्यक्रम र तालिमको लक्ष्य र उद्देश्यका वारेमा सामाजिक सेवा केन्द्र सोसेक नेपालका कालिकोटका जिल्ला कार्यक्रम संयोजक मानवहादुर थापाले गर्नु भएको थियो ।
