लर्ड बुध्द एजुकेशनल एकेडमी लिमिटेड, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर (प्रथमपक्ष) र सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल, दैलेख (दोश्रो पक्ष) बिच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्र । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल लर्ड बुद्ध एजुकेशनल एकेडमी लि. को प्रवंन्धनमा संचालित स्वास्थ्य सेवा प्रदायक संस्था हुनुका साथै हेण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोगमा विगत सन २००५ देखि निरन्तर रुपमा अपाङ्गता भएकाव्यक्तिहरुको सहायक सामाग्री उत्पादन, फिजियोथेरापि सेवा, शल्यक्रिया, परामर्श सेवा लगायतका भौतिक पुनस्र्थापना सेवा विभिन्न दातृ निकाय, स्थानिय निकाय, राष्ट्रिय अपाङ्गकोष लगायत अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसंग सहकार्य गरी मध्यपश्चिम क्षेत्रका अपाङ्गता भएकाव्यक्तिहरुको लागि सहज र सरल रुपमा सेवा प्रदान गर्ने निजि क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्थाहो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख दैलेख जिल्ला प्रशासन कार्यालयमा दर्ता भई ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि पार्टीगत राजनीतिबाट अलग रहेर एक मुनाफा रहित सेवा प्रदायक संस्थाको रुपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । देशको समग्र क्षेत्रको विकासका लागि सरकारी क्षेत्रबाट मात्रै सम्भव नहुने कुरालाई मध्यनजर गर्दै नागरीक समाजले पनि समाजको विकासको लागि केही पहल गर्नु पर्दछ भन्ने जोश र जांगरका साथ एउटै सोच र धारणा बोकेका केही दैलेखी युवाहरुको जमातको उपजको रुपमा रहेको सोसेकको कार्यकारिणी समितिमा दलित, महिला र जनजातिको बाहुल्यता रहने गरी विधानतः व्यवस्था गरिएको छ । मानव अधिकार, स्वास्थ्य, शिक्षा तथा सरसफाई र कृषि क्षेत्रको विकासमा थप टेवा पु¥याउने मूल ध्येयका साथ आफ्ना गतिविधीहरुलाई अगाडी बढाईरहेको यस संस्थाले आफ्नो उद्देश्यसँग मेल खाने समुदायको वास्तविक आवश्यक्तालाई परिपूर्ति गर्न सक्ने र वस्तु भन्दा सिपलाई प्राथामिकता दिई समुदाय प्रवेश गर्न चाहने सरोकारवाला पक्षसँग हातेमालो गर्दै कार्यक्रम सञ्चालन नीतिलाई अवलम्बन तथा विशेष गरी महिला बालबालिकाको हकअधिकार र विकासका लागि पैरवी, स्वास्थ्य, शिक्षा, जिविकोपार्जनका क्षेत्रहरुमा सहयोग गर्दै आईरहेको संस्था यी दुबै संस्थाले Public Private Partnership Model मा स्वास्थ्य सेवा उपलब्ध गराउनलर्ड बुद्ध एजुकेशनल एकेडमी लि.नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर (प्रथमपक्ष) र सामाजिक सेवा केन्द (सोसेक), नेपाल, दैलेख (दोस्रो पक्ष) विच तपशिलमा उल्लेखित शर्तहरु पालना गर्ने गरी यो सम्झौता गरिएको छ । शर्तहरु