राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा दोस्रो पटक बाल दिवस मनाइएको छ । यहाँको गुराँस गाउँपालिका–५मा बसोबास गर्दै आएका उक्त समुदायको बस्तीमै पुगेर दोस्रो पटक बाल दिवस मनाइएको हो । दिवसका अबसरमा आयोजित कार्यक्रममा बालबालिका आफ्ना अभिभावकसँगै रमाउँदै समय बिताए ।
https://youtu.be/cuXT_0fZZWI
१५ बर्षीया टेकबहादुर शाहीलाई बाल अधिकारबारे पत्तो छैन् । राउटे समुदायका मानबहादुर शाहीका छोरा टेकबहादुरले भने ‘हामीले पढ्न पाएका छैनौ, बुबाआमाले पढ्न दिनुहुन्न, हाम्रो अधिकार कसरी थाहा हुन्छ ।’ गुराँस गाउँपालिका–५ मा रहेको बस्तीमा पुग्ने अधिकारकर्मीले भनेको सुन्दा ‘हाम्रो अधिकार बाँच्न पाउने, पढ्न पाउने हो रे,’ उनि भन्छन् । अधिकारबारे जानकार नभएपनि राष्ट्रिय बाल दिवसमा उनि समुदायमै रमाए । अभिभावकसँगै आफ्नै संस्कृति अनुसार नाचे ।
[caption id="attachment_2644" align="alignnone" width="730"]
वाल दिवशमा रमाउदै नाच्दै अभिभावकसंग राउटे वालवालिका[/caption]
समुदायका अर्का १२ बर्षीया नविन शाही सानै छँदा देखि न पढ्न पाए न त अधिकारबारे बुझ्न पाए । दिवसका अवसरमा राउटे बस्तीमा आयोजित कार्यक्रममा उनले भने ‘पोहोरको बर्ष देखि यो दिनमा नाच्न र रमाउने थालेका हौ ।’ नविन लगाएत यो समुदायका बालबालिकाहरु समुदायका सारंगी, मारुनी लगाएतका नाच्दै अभिभावकसँगै रमाए ।
दिवसका अबसरमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिकाको समन्वय र एईआईएन जक्जेम्वर्गको सहयोगमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम राखेको थियो । बाल दिवस र अधिकारबारे जानकारी नभएपनि उनिहरुले दिवस मनाएका हुन् । बालबालिकाले न्यानो कपडा पाए । १७ बर्षीया कलम शाहीले भने ‘नाच्न पायौँ, रमाउन पायौँ साथै कपडा पनि पायौँ खुःसी छौ ।’
लोपोन्मुख राउटे समुदायका बालबालिकाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोगमा गत बर्ष देखि बाल दिवस मनाउन थालेका हुन् । समुदायका मुखिया सुर्यनारायण शाहीले आफुहरु विस्तारै परिवर्तन हुँदै जाने बताए । ‘भन्ने बित्तिकै हामी फेरिदैनौ, विस्तारै हुन्छ,’ उनले भने । लोपोन्मुख राउटे बालबालिकाको अधिकार सुनिश्चित गर्न लागि परेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । बाल दिवसका अबसरमा सोसेकका पूर्व अध्यक्ष सिता कुमारी राना, पत्रकारहरु विशाल सुनार, अमर सुनार, हिक्मत नेपाली लगाएत बस्ती पुगेका थिए । हाल राउटे समुदायमा एक सय ४९ जनाको जनसंख्या हाराहारीमा छ ।