रामाघाट सिहासैन सडक खण्ड सामाजिक तथा आर्थिक विकास क्रियाकलाप केस स्टडी

Posted at:
Jan. 19, 2012, 12:57 a.m.

बाटो पनि खनियो, धनि पनि बनियो । जितेन्द्र वि.क.    सा.प. दैलेख जिल्लाको सिंहासैन गाविस पश्चिम क्षेत्रमा पर्दछ । यस क्षेत्रका वासिन्दाको मुख्य पेशा कृषि भएता पनि परम्परागत खेती प्रणाली र कम उर्वराशक्ति भएको माटो भएकोले उत्पादन ले जेन तेन ५ महिना पनि खान पुग्दैन ।बाहुन, क्षेत्री, दलित तथा मगरहरुको बाहुल्यता रहेको यस क्षेत्रमा क्षेत्री ठकुरीहरुको आर्थिक जिवन स्तर न्यून अवस्थामा रहेको छ । यसै सन्दर्भमा ठकुरी परिवार भित्र हुर्किय पनि न्यून जिवन स्तर र गरिवि संग जगत बहादुर शाही ४० वर्ष पार गरि सक्नु भयो । लाला बाला केटा केटी हुर्काउन र उनिहरुको शिक्षा दिक्षा का लागि धेरै समस्या परयो । सानो खुद्रा पसल  सुरु गर्नु भयो तर पनि उहाको जिवन स्तरमा खासै परिवर्तन आउन सकेन । यद्यपी आय आर्जन को काम गर्ने रहर हुदा हुदै पनि ऋण पनि मिलेन । यसै विचमा सन २००९ देखि सामाजिक सेवा केन्द्रले ग्रामिण पहुंच कार्यक्रमको सहयोगमा रामाघाट सिंहासैन सडक खण्ड क्षेत्रमा आर्थिक तथा सामाजिक स्तर वृद्धिका लागि लक्षित समुदाय माझमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्यो । सडक क्षेत्रमा पर्ने घरधुरीलाई समेटेर सडक निर्माण समुह गठन गर्दा जगत शाही पनि समुहका सदस्य भय । उनि सदस्य मात्र भयनन् कि सडक   समितिको सहजकर्ता समेत छनौट गरे । पैशा कमाउन विदेश जानु पर्ने अवस्था विशेष गरी भारतको विभिन्न स्थानमा काम गर्न जादां परिवार संग विछोडिदाको पिंडा उनि संग अझै पनि ताजै छ । समुह मा सहजकर्ता भयर यो परम्परालाई उनी लगायत अन्यले पनि तोडेका छन् । खुद्रा पसलको आम्दानि ले पारिवारीक जोहो टार्न समस्या भएपछि उनीलाई एक पटक फेरी भारत जान मन नलागेको त होइन । सडक निर्माण गर्ने क्रममा आफनै गाउ ठाउको विकास भए पनि ग्रामिण पहुच कार्यक्रमको तर्फबाट दैनिक ज्याला उपलब्ध गराउथ्यो । उनि भन्छन सडक खन्दै गय, पैसा गन्दै गयं । त्यस पछि अलि अलि कमायको पैसामा समुह संग ऋण को जोहो गरे । समुहले ऋण पनि स्विकृत गरेपछि उनको सपना साकार हुन लाग्यो । उनको वर्षौ देखि खच्चरको धनि बनेर आय आर्जन गर्ने सपना साकार हुदा खुशि खप्न नसकि भने समुहले मेरो सपना पुरा गरेको छ । अव यसै खच्चरको आम्दानिले म मेरो परिवारको आर्थिक तथा सामाजिक स्थिती मजबुत गराउछु  । नभन्दै उनले भनेको जस्तै ६ वटा खच्चर किनेर हाल उनि राकमकर्णाली बजार बाट सिंहासैन का बस्ति बस्तिमा सामान ढुवानी गर्दै मनग्य आम्दानि गर्ने गर्छन भने उनको श्रीमति अझै थप आम्दानिका लागि दिनहु सडक मा काम गर्छिन । जगत भन्छन् “यो खच्चरको ऋण नतिरिन्जेल सम्म आफु खच्चर चलाउने र श्रीमतिलाई बाटो खन्न पठाउने छु ।  ऋण चुक्ता भइसकेपछी खच्चर चलाउनको लागि एक जना हेरालु राख्ने सोच मा रहेको छु । ” उनको यस भनाइले पनि त्यस समुहका अन्य सडक निर्माण समुहका सदस्यहरुलाई पनि बाटोमा काम गरि पैसा कमाउन थप हौसला प्रदान गरेको छ । उनि समुदायमा आफनो प्रगति सुनाउदै अगाडि थप्छन् बाटो को काम शुरु भैसकेपछि जांगर लगायर बाटो पनि खनियो, धनि पनि बनियो । एक डोका तरकारीमा दुई डोका पुुरस्कार यामकुमारी राना    सा.प. दैलेख जिल्लाको सिंहासैन गाविस पश्चिम क्षेत्रमा पर्दछ । यस क्षेत्रका वासिन्दाको मुख्य पेशा कृषि भएता पनि परम्परागत खेती प्रणाली र कम उर्वराशक्ति भएको माटो भएकोले उत्पादन ले जेन तेन ५ महिना पनि खान पुग्दैन ।बाहुन, क्षेत्री, दलित तथा मगरहरुको बाहुल्यता रहेको यस क्षेत्रमा क्षेत्री ठकुरीहरुको आर्थिक जिवन स्तर न्यून अवस्थामा रहेको छ । यसै सन्दर्भमा क्षेत्री परिवार भित्र हुर्किय पनि न्यून जिवन स्तर भएका महाजित वडुवाल  ५५ वर्ष पार गरि सक्नु भयो । उहा ले विगत २०५२ सालदेखि आफ्ना केटा केटी हुर्काउन र उनिहरुको शिक्षा दिक्षा का लागि धेरै समस्या झेल्नु प–यो । समस्याकै कारण उनी पैशा कमाउन विदेश जानु पर्ने अवस्था श्रृजना भइ भारतको सिम्ला भन्ने स्थानमा काम गर्न जादां परिवार संग विछोडिदाको पिंडा उनि संग अझै पनि ताजै छ ।  विदेश जादा पनि उहाको जिवन स्तरमा खासै परिवर्तन आउन सकेन । आय आर्जन को काम गर्ने रहर हुदा हुदै पनि रामा्रे पेशा व्यवसाय गर्न उनले सकेनन् । समय वित्दै गयो उनले घर व्यवहार चलाउनका लागी गाउ घरकै पुरानै अन्न वाली र तरकारी लगाउन सुरु गरे । तरकारीमा रुचि राख्ने उनी गाउघरमा पाईने विभिन्न जातका तरकारी फलाई केही खाने र बचेको अन्नवालीसंग साट्ने गर्थे । त्यतिवेला देखिनै महाजित वडूवालले  तरकारी खेत ीगर्न सुरु गरेका थिए । लामो समय देखि तरकारी खेती गर्दै आएका उनलाई आधुनिक तरकारी खेती सम्बन्धि खासै ज्ञान थियन । यसै विचमा सन २००९ देखि सामाजिक सेवा केन्द्र ले ग्रामिण पहुंच कार्यक्रमको सहयोगमा रामाघाट सिंहासैन सडक खण्ड क्षेत्रमा आर्थिक तथा सामाजिक स्तर वृद्धिका लागि लक्षित समुदाय माझमा कृषि तथा आयआर्जन सम्बन्धि विभिन्न क्रियाकलापहरु सञ्चालन गरयो । सडक क्षेत्रमा पर्ने घरधुरीलाई समेटेर सडक निर्माण समुह गठन गर्दा महाजित बडुवाल पनि समुहका सदस्य भय । उनि सदस्य मात्र भयनन् कि सडक समुहका अगुवा किसानको भुमिका निभाय  उनलाई विभिन्न जातका मौसमि बेमौसमि विउ सहयोग पश्चात राम्रो आम्दानि गर्नुका साथै नजिकको राकम बजारमा लीयर विक्रि वितरण गर्ने गर्थे ।

तत्पश्चात २०६७ साल माघको १६ र १७ गते  दैलेख कृषि विकास कार्यालय, सामाजिक सेवा केन्द्र र  च्ख्ध्च्ःए, को संयुक्त आयोजनामा दैलेखको राकम कर्णालीमा कृषि मेला प्रदशनी कार्यक्रम को आयेजना गरिएको थियो । उक्त कृषि मेलामा राकम कृषि सेवा केन्द्र भित्रका कृषकहरु मध्ये उनि पनि आफनो उत्पादनका साथ प्रतिष्पर्धामा  ११ जातका तरकारी र फलफुल का साथमा  भाग लिएका थिए ।  ११ जातका फलफूल बोकेर गएका वडुवाल ८ जातका तरकारी तथा फलफूलमा पुरस्कार जित्न सफल भएका छन् । १ डोका तरकारी र फलफूल लिएर गएका अगुवा कृषक वडुवालले फर्किदा दुई डोका भरी पुरकार पाउदा उनि एकदमै खूशी देखिन्थे । उनले यति धेरै पुरस्कार हात पारेको देखेर पत्रकार तथा कार्यक्रम आयोजक प्रतिनिधिहरु छक्क परेका थिय । पुरस्कार प्राप्त पश्चात उनि भन्थे तरकारी खेती गर्न शुरु गरेको धेरै भयो , हाल सम्म कुनै पनि पुरस्कार पायको थियन , यस पालीको मेलामा २ डोको पुरस्कार लियर गयं । ग्रामिण पहुंच कार्यक्रम को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र ले सञ्चालन गरेको सामाजिक तथा आर्थिक विकासका क्रियकलापले दैनिक काम गरेबापत पैसा, विभिन्न जातका  तरकारीको विउ दिई सिप सिकायका कारण हामी जस्ता निमुखा जनताले पनि पुरस्कार जित्ने अवसर पायौं । यस्ता कार्यक्रम संस्था ले निरन्तर गर्दै जाओस भन्दै उकालो लागेका थिय । बजीरसिंह को विगत र वर्तमान जितेन्द्र वि.क.     सा.प. दैलेख जिल्लाको सिंहासैन गाविस पश्चिम क्षेत्रमा पर्दछ । यस क्षेत्रका वासिन्दाको मुख्य पेशा कृषि भएता पनि परम्परागत खेती प्रणाली र कम उर्वराशक्ति भएको माटो भएकोले उत्पादन ले जेन तेन ५ महिना पनि खान पुग्दैन ।बाहुन, क्षेत्री, दलित तथा मगरहरुको बाहुल्यता रहेको यस क्षेत्रमा क्षेत्री  ीहरुको आर्थिक जिवन स्तर न्यून अवस्थामा रहेको छ । यसै सन्दर्भमा क्षेत्री परिवार भित्र हुर्किय पनि न्यून जिवन स्तर र गरिवि संग बजीरसिंह सिजापती २८ वर्ष पार गरि सक्नु भयो । १८ वर्षको उमेरमा बावु गुमायका उनि गरिवी, भोक, सोकले पीडित थिए । ज्यानत्यान आफ्नो जिवन चलाएका उनी एस.एल.सी. फेल भए पछि पुनः परिक्ष दिन आर्थिक अभावका कारण  सकेका थिएनन । सानै उमेरमा विवाहा गरेका कारण २ केटा केटी जन्मी सकेका थिए उनिहरुलार्ई हुर्काउन र उनिहरुको शिक्षा दिक्षा का लागि धेरै समस्या पर्यो । खेतीपातिमै भरपरेका उनी साहु महार्जनको ऋणबाट ग्रस्त थिए ।

यसै सन्दर्भमा सन २००९ देखि सामाजिक सेवा केन्द्रले ग्रामिण पहुंच कार्यक्रमको सहयोगमा रामाघाट सिंहासैन सडक खण्ड क्षेत्रमा आर्थिक तथा सामाजिक स्तर वृद्धिका लागि लक्षित समुदाय माझमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरयो । सडक क्षेत्रमा पर्ने घरधुरीलाई समेटेर सडक निर्माण समुह गठन गर्दा बजीरसिहं सिजापती  पनि समुहका सदस्य भय । उनि सदस्य मात्र भयनन् कि सडक   समितिको सहजकर्ता समेत छनौट गरे । समुह मा सहजकर्ता भए पछि सडकमा काम गरेर मनग्य आमदानी गरेका थिए ।   “उनि भन्छन सडक खन्दै गय, पैसा कमाउदै गयं । त्यस पछि अलि अलि कमायको पैसामा समुह संग ऋण को जोहो गरे । समुहले ऋण पनि स्विकृत गरेपछि जिर्ण अवस्थामा रहेको घर पुर्ननिर्माण गरे भने आर्थिक अभाबका कारण अधुरो रहेको पढाई पुन सुरु गरी एस एल सि समेत पास गरी हाल कक्षा १२ मा अध्ययन गरी रहेको छु,संस्थाले दिएको ताजा तरकारीको तालिम पश्यात बन्दा,काउलि र आलु जस्ता तरकारी खेति गरी मनग्य आम्दानि लिई २०६७ सालमा रु १०००० दश हजार आम्दानि गरेको छु” । बजिरसिले उक्त आम्दानि र प्रगति गरेको देखेर अरु किसान पनि तरकारी खेतिमा उत्सुक देखियका छन भने समुहले पनि पलाष्टीक पोखरी उनको घर नजिकै बनाएका छन् बजीर सींहको प्रगती देखेर अन्य सडक निर्माण समुहका सदस्यहरुलाई पनि बाटोमा काम गर्ने र तरकारी खेती गर्न  थप हौसला मिलेको छ । उनि समुदायमा आफनो प्रगति सुनाउदै अगाडि थप्छन् बाटो को काम शुरु भैसकेपछि सक्रीय भएर बाटो पनि खनियो,तरकारी खेत िपनी गरे र नयां घर पनि बनाएं यो सबै मेरो प्रगती  ग्रामीण पंहुच कायक्रमको आर्थीक सहयोग र सामाजीक सेवा केन्द्र दैलख को देन हो हामी यस्ता निमुखा जनताको परीवर्तको बाहकको काम गरेको छ यो कार्यक्रमले दल बहादुरको परीबर्ति

याम कुमारी राना     सा.प. दैलेख जिल्लाको सिंहासैन गाविस पश्चिम क्षेत्रमा पर्दछ । यस क्षेत्रका वासिन्दाको मुख्य पेशा कृषि भएता पनि परम्परागत खेती प्रणाली र कम उर्वराशक्ति भएको माटो भएकोले उत्पादन ले जेन तेन ५ महिना पनि खान पुग्दैन। बाहुन, क्षेत्री, दलित तथा मगरहरुको बाहुल्यता रहेको यस क्षेत्रमा क्षेत्रीको आर्थिक जिवन स्तर न्यून अवस्थामा रहेको छ । यसै सन्दर्भमा क्षेत्री परिवार भित्र हुर्किए पनि न्यून जिवन स्तर र गरिवि संग दल बहादुर ४२ वर्ष पार गरि सक्नु भयो । गरिवी, भोक, सोक  र अभावै अभावले ग्रसित दल बहादुर बडुवालले बिगतमा दुखदायी जिवन बिताएका थिए । ज्यानत्यान आफ्नो जिवन चलाएका उनी खेतीपातिर भारतको अलमोडा र हिमाञ्चलमा गइ भारी बोकेर आफ्नो घरव्यबहार चलाएका थिए । समय बित्दै गयो बिं सं २०६५ साल चैत्र देखि सामाजिक सेवा केन्द्रले ग्रामिण पहुंच कार्यक्रमको सहयोगमा रामाघाट सिंहासैन सडक खण्ड क्षेत्रमा  आर्थिक तथा सामाजिक स्तर वृद्धिका लागि लक्षित  समुदाय माझमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरयो । सडक क्षेत्रमा पर्ने ७४० घरधुरीलाई समेटेर सडक  निर्माण समुह गठन गर्दा राउते डांडा सनीसमा  दल बहादुर बडुवाल पनि समुहका सदस्य भए । समुह मा सदस्य  भए पछि सडकमा काम गरेर रु १२०,००० आम्दानी गरेका थिए । उत्त आम्दानीको पैसाले पुरानो मुन्ना घरमा एक तलो थपेर जस्ता पाताले छाएका छन् रु २०,००० समुहबाट ऋण िलई सोलार बत्ती जडान गरेका छन् ,संस्थाले दिएको ताजा तरकारीको तालिम पश्यात टमाटर ,काउलि र आलु जस्ता तरकारी खेति गरी केही बिक्री बीतरण गरेका छन् दल बहादुर भन्छनर “रामाघाट सींहासैन सडक खण्डको काम सुरु भएपछी हामी जस्ता भारतको ज्याला मजदुरीमै भरमा बांचेका मानीसहरुलाई भारत जान रोक्नुका साथै बालबालीका लाइ दुई छाक खाना र एक जोर कपडा लगाउन पुगेको छ ”