Posted at:
Dec. 15, 2022, 1:34 a.m.

आकस्मिक कर्मचारी केन्द्रीय कार्यालयका लागि आवश्यकता

(प्रथम पटक प्रकाशित मिति २०७९/०८/२८)  सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । सोसेक नेपालले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । वर्ल्ड भिजन इन्टरनेश्नल नेपालसँगको साझेदारी र भगवतीमाई गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्धारा भगवतीमाई गाउँपालिकामा सञ्चालित Protection Community Sponsorship & Inclusive Quality Education परियोजना अन्तर्गत आकस्मिक कर्मचारी माग संख्या १ जनालाई भर्ना गरी केन्द्रीय कार्यालयमा बसी प्रायोजन गुणस्तर नियन्त्रण अधिकृतलाई नयाँ दर्ता बालबालिकाको व्यक्तीगत फाईल व्यवस्थापनमा सहयोग गर्ने गरी परिचालन गर्नुपर्ने भएकाले तपसिलका मापदण्ड पुरा गरेका १८ बर्ष पुरा भै ४० बर्ष ननाघेका इच्छुक नागरिकहरुले यस संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक प्रमाणपत्रका प्रतिलिपीहरु सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तपसिलः १.  दैलेख जिल्ला भित्र स्थायी बसोबास गर्ने नेपाली नागरिक । ३. तथ्यांक संकलन तथा सम्पादन सम्बन्धी काम गरेको अनुभव हुनुपर्ने । ४. बालबालिकाप्रति सम्वेदनशिल हुनुपर्ने । ५. कार्य अवधिः कम्तिमा १ महिना आकस्मिक कर्मचारीका रुपमा कार्य गर्न इच्छुक । आवश्यकता र कार्य सम्पादन हेरी समय थप गर्न सकिने छ । ६. कम्प्यूटर सम्बन्धि राम्रो ज्ञान  तथा अग्रेजी र नेपाली अनुवाद गर्न सक्ने हुनुपर्ने । ७. अभिलेखिकरण र सञ्चार सम्बन्धि ज्ञान भएको ।   नोटः मिति २०७९ पौष ३ गते कार्यालय समय (दिउसो ४:०० बजे) भित्र आवश्यक कागजात सहित स्वयम् कार्यालयमा उपस्थित भई निवेदन दिईसक्नुपर्नेछ । ढिलागरी आएका निवेदन उपर कुनै कार्वाही हुनेछैन् ।  पदपूर्ति समिति सोसेक नेपाल नारायण नगरपालिका वार्ड नं. ०१, दैलेख बजार आवश्यक जानकारीका लागि सम्पर्क प्रायोजन गुणस्तर नियन्त्रण अधिकृत सम्पर्क फोन : ९८५८०५१२५५