Posted at:
Dec. 24, 2022, 8:03 a.m.

साेसेक नेपाल सहयात्रा परियाेजना अन्तरगत फिल्ड अधिकृतकाे छाेटाे सुची प्रकाशनको सूचना  

 

(नतिजा प्रकाशित मिति २०७९ पौष ८ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत फिल्ड अधिकृत पदको लागि मिति २०७९ साल मङ्सिर २७ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम लिंकमा भए अनुसार छोटो सूचि प्रकाशन गरिएको छ । SOSEC Nepal_Sahayatra FO shortlist publication Notice नोटः लिखित परिक्षा: मिति २०७९ साल पौष १३ गते बुधबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख समयः बिहान ११:०० बजे परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल