(नतिजा प्रकाशित मिति २०७९ फाल्गुन १६ गते)
साेसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । वर्ल्ड भिजन इन्टर नेशनल नेपाल र यस संस्थाको साझेदारी तथा भगवतिमाइ गाउँपालिकाको समन्वयमा संचालित Protection and Community Engagement Sponsorship (PCESP), र Inclusive Quality Education (IQE) परियोजनामा रिक्त फिल्ड अधिकृत पदका लागि मिति २०७९ साल फाल्गुन १ गते देखि ७ दिनको म्याद राखी प्रकाशित गरिएको खुल्ला बिज्ञापन अनुसार मिति २०७९ फाल्गुन १६ गते लिइएको लिखित तथा अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । तपसिल,| सि नं | नाम थर | लिङ्ग | स्थाई ठेगाना | सम्पर्क नम्बर | इमेल ठेगाना | कैफियत |
| १ | सुमन रिजाल | महिला | नौमुले गाउँ पालिका -६, दैलेख | ९८४८१४२२१८ | rijalsuman2017@gmail.com | सफल |
| २ | पवित्रा थापा मगर | महिला | गुराँस गाउँ पालिका -५, दैलेख | ९७६५३७३१९८ | thapapr250@gmail.com | बैकल्पिक |