Posted at:
April 11, 2023, 9:52 p.m.

सहयात्रा दोश्रो प्रोग्राम मेनेजरको छोटो सुची प्रकाशनको सूचना

(नतिजा प्रकाशित मिति २०७९ चैत्र २८ गते)

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुमा उच्च प्राथमिकता र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत प्रोग्राम मेनेजर पदको लागि मिति २०७९ साल चैत्र २३ गते देखि ५ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम लिंक अनुसार छोटो सूचि प्रकाशन गरिएको छ । SOSEC Nepal Sahayatra PM shortlist notice publication लिखित परिक्षा: मिति २०८० साल बैशाख ३ गते आइतवार संस्थाको केन्द्रीय कार्यालय, दैलेख तथा सम्पर्क कार्यालय, काठमाडौँ  । समयः बिहान ११:०० बजे । परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल