दैलेख जिल्लाको पश्चिममा पर्ने सिंहासैन गाविस वडा नं. ९ मा पर्दछ यो टांडु वस्ती । यस वस्तीमा ५३ घरधुरी दलित, ६३ घरधुरी गैरदलित गरि जम्मा ११६ घरधुरी बसोबास गर्दछन् । यस समुदायमा बसोबास गर्ने समुदायको कुनै पनि सेवा र सुविधामा पहुच पुग्दैन् । नत उब्जनी हुने जमिन नत कुनै गतिलो पेशा व्यवसाय त्यसैले गर्दा यस समुदायका सदस्यहरुको जीवनशैली अन्य समुदायको भन्दा दयनिय देखिन्थ्यो । गाउघरमै ज्याला मजदुरी गर्नु, परम्परागत कृषि र पशुपालन गर्नु यस वस्तीका सदस्यहरुको दिनचर्या भएको थियो । गाउघरमा गरिने सामान्य ज्याला मजदुरी र परम्परागत कृषि तथा पशु पालन पेशाले जीवनयापन गर्नु यस वस्तीको सदस्यहरु दैनिकी जस्तै भएको थियो । सामान्य मानवीय जीवनयापन गर्नु यस वस्तीका सदस्यहरुको वाध्यता थियो । जहरी वि.क., वर्ष ४७ सिंहासैन गाविस वडा नं. ९ टाँडुका स्थानीय वासिन्दा हुन् । समुदायका अन्य सदस्यहरुको जस्तै यीनको परिवारको जीवन पनि अभावमा वितिरहेको थियो । उनको परिवारमा १ जना पुरुष र १ जना महिला गरी जम्मा २ जनाको परिवार छ । गरीबी र अशिक्षाले व्याप्त समाज भएकाले उनको परिवार पनि गरीबी र अशिक्षाबाट अछुतो थिएन । थोरै जग्गा र गाउ“घरमै गरेको ज्याला मजदुरीको आम्दानीले परिवारलाई मुस्किलले ३ महिना खान पुग्थ्यो । गरीबी निवारण कोष, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक)ले गरीबी निवारण कोष, नेपालका ४ आधारस्तम्भलाई आत्मसाथ गर्दै २०६४ साल बैशाखमा त्यो वस्तीमा गरीबी निवारणका लागि एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका क्रियाकलापहरु संचालन ग¥यो । परियोजनामा कार्यरत कर्मचारीहरुको सहजीकरणमा वडा स्तरीय र वस्ती स्तरीय कार्यक्रम सम्बन्धि अभिमुखिकरण पश्चात हाम्रो वस्तीमा ४९ सदस्यीय सामुदायिक संस्था गठन ग¥यो । जसको नामाकरण चौतारा सामुदायिक संस्था गरियो । मासिक बैठक, मासिक वचत संकलन, सामाजिक लेखाजोखा, सामाजिक नक्शांकन, माग संकलन, परियोजना प्रस्तावना तयारी पछि २०६४ साल चैत्र ४ गते गरीबी निवारण कोष, नेपालबाट बैद्यता प्राप्त गरी सामुदायिक संस्थामा आवद्ध सदस्यहरुको सक्रियतामा आयआर्जन क्रियाकलाप संचालनका लागि कोषबाट अनुदान प्राप्त रकम र सामुदायिक संस्थाको स्वलगानीबाट आफ्नो व्यवसाय शुरु ग¥यौ । सामुदायिक संस्थाको घुम्तीकोषबाट मिति २०६५ साल मंसिर १४ गते माग गरिएको व्यवसाय भैसीपालनका लागि वि.क.ले रु. १५,०००÷ ऋण लिई नपुगेको ३,०००। थप गरी जम्मा रु. १८,०००। मा भैसी खरिद गरी व्यवसाय संचालन गरे। सामुदायिक संस्थाको मासिक बैठक, आफ्नो घरधन्दा र भैसीको हेरचाह नै वि.क.को दैनिकी बन्योे । स्थान सुहाउदो व्यवसाय र परिश्रमको उपज उनको व्यवसायले फड्को मार्दै गयो । भैसीले उत्पादन दिन थाले पछि जहरीले भैसीको दुध नजिकैको खिड्कीज्यूला बजारका पसलमा बिक्रि गर्न थाले । बिहानको दुध ज्यूलाबजारमा बिक्रि गर्ने र साँझको दुध घरैमा जम्मा गरी घिउ समेत उत्पादन गर्न थाले । दुध र घिउको बिक्रिबाट वार्षिक उनले करिब ६०,०००। आम्दानी गर्ने गरेको बताउछन् । भैसीपालनबाट भएको आम्दानी घरायसी प्रयोजना, औषधोपचार र छोराछोरीको शिक्षामा खर्च गर्दै आएका वि.क.ले सामुदायिक संस्थाबाट लिएको ऋण रकम भुक्तानी गरीसकेकाछन् । पछिल्लो समयमा जहरीको स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परिक्षणबाट उनी एचआईभी संक्रमित भएपछि केही अप¥ठयारो महशुस गरे तापनि हाल उनी आफ्नो व्यवसाय प्रति लगनशिल भई लागि परेका छन् । कार्यक्रम लागु हुनु पूर्व मौसमी रोजगारीका लागि भारतका शहर जाने जहरी हाल गाँउ घरमै पेशा व्यवसाय संचालन गरी बसी रहेका छन् । सायद यो कार्यक्रम केही वर्ष पहिले लागु भएको भए मेरो यो अवस्था हुने थिएन् । उनी भन्छन्, आफ्नै गाँउघरमा सामान्य लगानीमा थालेको उनको भैसीपालन व्यवसायको आम्दानीबाट हौसिएका उनले हाल २ वटा भैसी पालिरहेका छन् । भैसीपालन व्यवसायको आम्दानीबाट उनले आफ्नो स्वास्थोपचार, सन्तानको शैक्षिक खर्च, परिवारको भरण पोषण र अन्य आवश्यकताहरु हाल सहजै परिपूर्ति गर्न सक्ने भएकाछन् । उनको स्वास्थ्यको पटकपटक गर्नु पर्ने सिटी फोर काउन्टका लागि पनि त्यसै व्यवसायको आम्दानीले गर्ने गरेको उनी बताउछन् । कार्यक्रम नआएको भए मैले यो व्यवसाय शुरु गर्न सक्ने थिएन् र म अहिले जिवित पनि रहने थिएन् होला उनी थप बताउछन् । उनी भन्छन् “गरीब र हामी जस्ता विपन्न वर्गका लागि र विशेष गरी मेरालागि यो गरीबी निवारण कार्यक्रम साच्चिकै भगवान सावित भएको छ । आफूले गर्दै आएको भैसीपालन व्यवसायलाई अझै राम्रो किसिमले अगाडी बढाउने उनको चाहाना छ । सामुदायिक संस्थाको संस्थागत विकास, मासिक बैठक संचालन, सामाजिक कार्यका लागि उनी अत्तिनै सक्रिय देखिन्छन् । सामुदायिक संस्थाको सचिवको जिम्मेवारी समेत पाएका उनले आफ्नो सामुदायिक संस्थाको हरेक क्रियाकलापहरुमा सबै सदस्यहरुलाई सक्रियता बढाउन समेत सूचित गर्दै आएकाछन् । सामुदायिक संस्थाकी अध्यक्ष दिपा वि.क. भन्छिन्, ।