विश्व हात धुने दिवश सदरमुकाममा पत्तो भएन तर गाउमा धुमधाम सधै जसो विश्वभर अक्टुवर १५ का दिनमा मनाईने विश्व हात धुने दिवश दैलेख जिल्ला सदरमुकाममा त्यति चहल पहल नभएता पनि जिल्लाका बासि, बडाखोला, विन्दाबासिनि, विशल्ल, पिपलकोट, नेपा र सिहासैन लगाएतका गा.वि.स.मा हात धोएरै łहात धोऔ रोग बाट बचौं भन्ने नाराका साथमा दिवश मनाईको छ । बासि, विन्दाबासिनि का सवै विद्यालयहरुमा बालबालिकाहरुलाई शिक्षक तथा अभिभावकहरु सहित सावुन पानिले हात धुने तरीकाहरु स्थानिय स्तरमा अवलोकन सहित दिवश मनाइएको छ । बासि गा.वि.स.मा मालिका उमावि का प्राचार्य राम बहादुर बुढाले सरसफाई सम्वन्धि जानकारी दिदै सावुन पानिले हात धोएर सवैलाई दिवश को बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै बडाखोला गा.वि.स.मा भने हात धुने दिवश फरक तरिकाले मनाईएको छ । उक्त गा.वि.स.को भरना प्रावि विद्यालय वरीपरी सफा गरी विद्यालयका बालबालिका तथा शिक्षकहरुले सावुन पानिले हात धोएर दिवश मनाएका छन । विद्यालयका बालबालिका स्थानिय व्यत्तित्वहरु तथा शिक्षक तथा अन्य व्यत्तित्वहरु को समन्वयमा यो दिवश मनाएको अभियानकर्ता हेमा वुढाले बताउनु भयो । दिन भरि नै विभिन्न हात धुने तरिकाको प्रदर्शन तथा अभ्यास गरि मनाएका यि गा.वि.स.हरु मा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले सहजिकरण तथा प्राविधिक सहयोग गरेको थियो । स्थानीय वासीका अनुसार पहिले हामीलाई यस्ता वारे केही थाह नहुन हाल संस्थाले दिवशको बारेमा हामिलाई जानकारी दिएर सरसफाई बारेमा जानकारी दिएकोमा धन्यबाद समेत दिएका छन ।