उपरोक्त सम्वन्धमा संस्थाको रणनैतिक योजना, संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम, संस्थाको मिति २०७० असार ३१ गते वसेको कार्य समितिको वैठकको निर्णयानुसार संस्थाले विगत वर्ष देखि गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको छैटौं संस्थागत वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम तपसिलको मिति र स्थानमा संचालन हुने भएकोले सवैको जानकारीको लागि तथा यहांको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ । सल्लाह, सुझाव तथा सहयोगको लागि धन्यवाद, । तपसिल मिति ः २०७० श्रावण १५ गते स्थान ः जिविस दैलेखको ठुलो हल समय ः दिउसो ११ः३० वजे हीरासिंह थापा अध्यक्ष सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख