सामाजिक सेवा केन्द्र (सोसेक) को सामाजिक परीक्षण कार्य सम्पन्न सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तठस्थता भन्ने आफनो मूल्य मान्यता अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आ.व. २०६९÷७० मा संचालन गरेका विभिन्न कार्यक्रम परियोजनाहरु सहित एकीकृत रुपमा संस्थाको छठौं संस्थागत सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । आत्म साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं भन्ने मूल नाराका साथ २०५४ भाद्र ११ गते स्थापीत यस संस्थाले गत आ.व.मा विभिन्न साझेदार सहयोगी निकायहरुसँगको साझेदारीतामा जिल्ला विभिन्न गाविसहरुमा एकीकृत रुपमा संचालित विभिन्न ९ वटा कार्यक्रमहरुको रु. १,५७,१८,४८९।४६ आय र रु. १,३८,७६,८२५।२९ व्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार, अ.गै.स.सं. र जिल्लामा क्रियाशिल गै.स.सं. का प्रतिनिधीहरु, साझेदार सहयोगी संस्थाका प्रतिनिधीहरु र लाभान्वित समुदायहरु गरी ११८ जनाको उपस्थितीमा कार्यक्रम अगाडी बढाईएको थियो । कार्यक्रममा संस्थाद्वारा आ.व. २०६९÷७० मा संचालित एकीकृत सामुदायिक विकास परियोजना, समुदाय सहयोग कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना, खानेपानी, सरसफाई तथा जीविकोपार्जन सुधार क्रियाकलाप, समता र पहूँच कार्यक्रम, राष्ट्रिय साक्षरत अभियान, अनुसन्धान कार्य, यूवा साझेदारी कार्यक्रम, यूवा, महिला तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम लगायत आन्तरिक कोष तर्फको प्रगतिका साथै लिंग र जातीगत समग्र संस्थागत र परियोजनागत रुपमा तथ्यांकीय उपलब्धी पनि प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन माथि राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष मायाराम अधिकारी, नेपाली काँग्रेसका कार्यवहाक सभापति नरेन्द्र भण्डारी, नेपाल मजदुर किसान पाटीका प्रतिनिधि लक्ष्मी वि.क. लगायतका महानुभावहरुको जिज्ञासा माथि संस्था अध्यक्ष हीरासिंह थापाले प्रष्ट पार्नु भएको थियो । पृष्ठपोषण मन्तव्यका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी दानबहादुर ऐडीले संस्था आफूले सम्पादन गरेका क्रियाकलापहरुको सरोकारवाला निकाय, सहयोगी निकाय र लाभान्वित समुदाय विच सामाजिक लेखा परीक्षण गरिनु सु शासनको महत्वपूर्ण पाटो हो । जुन सामाजिक सेवा केन्द्रले आफ्नो मूल्य र मान्यता सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तठस्थता अनुसार आफ्ना गतिविधी बढाएको थियो । साथै विपद्को अवस्थामा यस संस्थाले जिल्ला प्रशासन कार्यालय, दैलेखसँग मिलेर कार्य गरेको अर्को महत्वपूर्ण पक्ष हो । भनि आफ्ना भावना राख्नु भएको थियो । पृष्ठपोषण मन्तव्य दिनेमा सम्पूर्ण साझेदार सहयोगी निकायहरुका तर्फबाट केयर नेपाल समुदाय सहयोग कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक श्री लिलाराम न्यौपाने, सम्पूर्ण राजनैतिक दलका तर्फबाट नेकपा एमाले जिल्ला उपाध्यक्ष बरुनाथ योगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष श्री पुरुषोत्तम थापा (पुस्कर), समुदायका तर्फबाट चौतार सामुदायिक संस्थाका सचिव जहरी वि.क.ले सायद सोसेक नभउको भए म मरिसक्थ्ये होला किनकी म संक्रमित हु मैले समुहमा वसेर धेरै कुरा सिके अनि एआरभि खान थाले साथै समुहवात भैसी पालनको ऋण लिएर व्यवसय संचालन गरे हाल मेरो आम्दानी राम्रो छ भन्नु भयो यसैगर यूवा सञ्जालबाट श्री हीरा वि.क. महिला, युवा र वालवालिकाको विषयमा वकालत गर्ने एक मात्र स)सामाजिक सेवा केन्द्र (सोसेक) को सामाजिक लेखा परीक्षण कार्य सम्पन्न सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तठस्थता भन्ने आफनो मूल्य मान्यता अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आ.व. २०६९÷७० मा संचालन गरेका विभिन्न कार्यक्रम परियोजनाहरु सहित एकीकृत रुपमा संस्थाको छठौं संस्थागत सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । आत्म साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं भन्ने मूल नाराका साथ २०५४ भाद्र ११ गते स्थापीत यस संस्थाले गत आ.व.मा विभिन्न साझेदार सहयोगी निकायहरुसँगको साझेदारीतामा जिल्ला विभिन्न गाविसहरुमा एकीकृत रुपमा संचालित विभिन्न ९ वटा कार्यक्रमहरुको रु. १,५७,१८,४८९।४६ आय र रु. १,३८,७६,८२५।२९ व्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार, अ.गै.स.सं. र जिल्लामा क्रियाशिल गै.स.सं. का प्रतिनिधीहरु, साझेदार सहयोगी संस्थाका प्रतिनिधीहरु र लाभान्वित समुदायहरु गरी ११८ जनाको उपस्थितीमा कार्यक्रम अगाडी बढाईएको थियो । कार्यक्रममा संस्थाद्वारा आ.व. २०६९÷७० मा संचालित एकीकृत सामुदायिक विकास परियोजना, समुदाय सहयोग कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना, खानेपानी, सरसफाई तथा जीविकोपार्जन सुधार क्रियाकलाप, समता र पहूँच कार्यक्रम, राष्ट्रिय साक्षरत अभियान, अनुसन्धान कार्य, यूवा साझेदारी कार्यक्रम, यूवा, महिला तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम लगायत आन्तरिक कोष तर्फको प्रगतिका साथै लिंग र जातीगत समग्र संस्थागत र परियोजनागत रुपमा तथ्यांकीय उपलब्धी पनि प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन माथि राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष मायाराम अधिकारी, नेपाली काँग्रेसका कार्यवहाक सभापति नरेन्द्र भण्डारी, नेपाल मजदुर किसान पाटीका प्रतिनिधि लक्ष्मी वि.क. लगायतका महानुभावहरुको जिज्ञासा माथि संस्था अध्यक्ष हीरासिंह थापाले प्रष्ट पार्नु भएको थियो । पृष्ठपोषण मन्तव्यका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी दानबहादुर ऐडीले संस्था आफूले सम्पादन गरेका क्रियाकलापहरुको सरोकारवाला निकाय, सहयोगी निकाय र लाभान्वित समुदाय विच सामाजिक लेखा परीक्षण गरिनु सु शासनको महत्वपूर्ण पाटो हो । जुन सामाजिक सेवा केन्द्रले आफ्नो मूल्य र मान्यता सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तठस्थता अनुसार आफ्ना गतिविधी बढाएको थियो । साथै विपद्को अवस्थामा यस संस्थाले जिल्ला प्रशासन कार्यालय, दैलेखसँग मिलेर कार्य गरेको अर्को महत्वपूर्ण पक्ष हो । भनि आफ्ना भावना राख्नु भएको थियो । पृष्ठपोषण मन्तव्य दिनेमा सम्पूर्ण साझेदार सहयोगी निकायहरुका तर्फबाट केयर नेपाल समुदाय सहयोग कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक श्री लिलाराम न्यौपाने, सम्पूर्ण राजनैतिक दलका तर्फबाट नेकपा एमाले जिल्ला उपाध्यक्ष बरुनाथ योगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष श्री पुरुषोत्तम थापा (पुस्कर), समुदायका तर्फबाट चौतार सामुदायिक संस्थाका सचिव जहरी वि.क. र यूवा सञ्जालबाट श्री हीरा वि.क. हुनुहुन्थ्यो संस्था सोसेक हो भन्नु भयो । Download Social Audit Report