वत्ततृत्वकला र हाजिरी जवाफ प्रतियोगिता गरि वासी र वडाखोला गा.वि.स.मा वालवालिकाको पहलमा ९ औ राष्टिय वाल दिवस मनाइयो ।
सुन्दर वाल संजाल वासीको आयोजना, नेरानिमावी सुवाकोट वांसीको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आर्थिक सहयोगमा भएको कार्यक्रममा र्याली सहित “वालअधिकार र वाल कर्तव्य” विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा छ वटा वाल क्लवको सहभागिता रहेको थियो । अधिकारी वाल क्लवको प्रतिनिधी श्री लोमन दसौदी प्रथम , माईकोथान वाल क्लवको प्रतिनिधी श्री गिता विक द्धितिय, कोपिला वाल क्लवको प्रतिनिधी श्री कमल सावद तृतिय र अधिकारी वाल क्लवको प्रतिनिधी श्री तिर्थ वुढा सान्त्वना भएका थिए । पुरस्कार वितरण समारोहमा वोल्दै कार्यक्रममा अथिती ने.रा.नि.मा.वि. का विद्यालय व्यवस्थापन समितिका सदस्य श्री भिम व. सलामी ले “वालवालीकाले आफ्नै आयोजनामा पनि यसरी सचेतनामूलक कार्यक्रम संचालन गरेकोले हामी पनि खुसी छौ र आगामी दिनमा हाम्रो विद्यालयमा वाल वालिकाले कार्यक्रम संचालन गर्दा म र मेरो विद्यालयले सहयोग गर्ने” वताए । अतिथी ए.ने.क.पा.माओवादी प्रतिनिधले पहल र आफ्नै आयोजनामा वाल दिवश मनाउदा अति नै भव्य र सम्भ्य भएको देख्न पाउदा अति नै खुसी लागेको छ उहांले थप्नु भयो भन्दै । हामीले वालवालिकाले कार्यक्रम संचालन गर्न सक्दैनन् भन्ने सोचिन्थ्यो तर त्यो सत्य रहेनछ जुन कुरा आजको कार्यक्रमवाट पष्ट भएकोछ । यसैगरि “वालवालीकाले विभिन्न कार्यक्रम संचालन गर्ने अवसर दिने र वालवालिकाको क्षमाता विकास गरेकोमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखलाई पनि धन्यवाद दिन चाहन्छु, । यसरी वोल्ने अधिकास वत्ताहरु यसरी

वालवालीकाले गर्ने हरेक क्रियाकलापमा सहयोग गर्ने तथा आगामी वन्ने संविधानमा वालवालीकाको विकास तथा वाल अधिकार सुनिश्चीता हुनको लागि सविधानमा उल्लेख हुनुपर्छ” भन्ने भनाई राखेका थिए । यसरी अविभावक तथा वालवालीकामाथि हुने हरेक किसीमका वाल दूव्र्यवहारको अन्त्य गरि वालवालीकालाई सद्व्यवहार गर्ने किसीमको वातावरण निर्माण गर्ने तथा वालअधिकार सुनिश्चताको लागि यो कार्यक्रम संचालन गरिएको थियो ।
सुन्दर वाल संजालको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र श्री ने.रा.नि.मा.वि. सुवाकोट वांसी दैलेखको समन्वयमा –यालीका साथै “वाल अधिकार र वाल कर्तव्य” विषयक वक्तृत्वकला कार्यक्रम संचालन गरिएको थियो, जसमा ६ वटा वाल क्लवका सदस्यहरु सहभागी भएका थिए करिव ५०० जना कार्यक्रममा उपस्थित रहेका थिए (वालक्लवका सदस्य, अविभावक,शिक्षक, राजनैतीक दल,वुद्दीजीवी र महिला) उपस्थित रहेका थिए । नेरा निमावि सुवाकोट वांसीमा संचालन भएको कार्यक्रमको अध्यक्षता सुन्दर वाल संजाल वासीका अध्यक्ष सन्तोष वुढाको सभापतित्वमा संचालन भएको थियो ।
यसै गरि ज्वाला वाल संजाल वडाखोलाको आयोजना श्री जगदिश उ.मा.वि.ऐराडी वडाखोला दैलेख समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आर्थिक सहयोगमा र्याली सहित हाजीरी जवाफ प्रतियोगिता संचालन गरियो ।
ज्वाला वाल संजालको आयोजनामा श्री जगदिश उ.मा.वि ऐराडी वडाखोला र समाजिक सेवा केन्द्र दैलेखको समन्वयमा गा.वि.स. परिसर र विद्यालय परिषरमा नारा सहित –याली गरि जगदिश उ.मा.वि. प्रंगणमा हाजीरी जवाफ कार्यक्रम संचालन गरिएको थियो जसमा ६ वटा समुहको सहभागीता रहेको थियो, करिव ४०० जना जती (वालक्लवका सदस्य, अविभावक,शिक्षक, राजनैतीक दल,वुद्दीजीवी र महिला) हरुको सहभागीतारहेको थियो ।
ए.इ.आइ लक्जेम्वर्गको आर्गीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले जिल्लाका वांसी, वडाखोला र विन्दावासिनी गाविममा विगत ३ वर्ष देखि महिला युवा र वालअधिकार प्रर्वधन कार्यक्रम संचालन गर्दै आईरहेकाछ । वांसी गाविसमा समुदाय स्तरमा ९ वटा, विद्यालय स्तरमा २ वटा, गाविस स्तरमा वाल संजाल १ वटा, वडाखोला गाविसमा समुदाय स्तरमा १० वटा, विद्यालय स्तरमा २ वटा, गाविस स्तरमा वाल संजाल १ वटा र विन्दावासिनी गाविसमा समुदाय स्तरमा ९ वटा, विद्यालय स्तरमा १ वटा, गाविस स्तरमा वाल संजाल १ गरि जम्मा ३३ वटा वाल क्लव र ३ वटा गाविस स्तरमा वाल संजाल गठन गठन भई परिचालन भईरहेकाछन् । यि वाल क्लव तथा संजालको पहलमा वाल मैत्री विद्यालय, छाउपडि, वाल विवाह रोगथाम लगायतका क्रियाकलाप गर्दै आएका छन् । जिल्ला भरकै वाल क्लव मध्ये उत्कृष्ट काम गरेका भनि सुन्दर वाल संजाल वांसीका अध्यक्ष सन्तोष वुढालाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १६ औं साधारण सभामा सम्मान पत्र पनि दिईएको थियो ।
यसै गरि वाल वालिकाका कुरा सुनौ, वाल दुरव्यवहार अन्त्य गरौं भन्ने मुल नाराका साथ दैलेखको सदरमुकाममा जिल्ला वाल कल्याण समितिको आयोजनामा वाल दिवश मनाईयो । उक्त वाल दिवशमा प्रमुख अतिथीकोरुपमा वोल्दै माननिय जिल्ला न्यायधिश श्री डिल्ली रत्न श्रेष्ठ ले भन्नु भयो । मत वालवालिकाका कुरा सुनौ भन्ने नारा भएकोले वालवालिका कुरा सुन्न यहां आएको तर यहां वालवालिकाका कुरा सुन्ने अवसर मिलेन तर आगामी दिनमा यस प्रकारका कार्यक्रममा वालवालिका कुरा सुन्ने अवसर दिन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी तथा जिल्ला वाल कल्याण समितिका अध्यक्ष श्री सागर मणि पराजुलीको अध्यक्षतामा भएको थियो भने वाल अधिकार अधिकृत संचालन गनु भएको थियो ।