Posted at:
Oct. 7, 2014, 3:31 p.m.

तम्बाकु छोडी तरकारी खेती

तम्बाकु छोडी तरकारी खेती कालिकोट जिल्ला खिन गाविस वडा नं. २ वस्ने वर्ष ५२ का दुर्ग वहादुर वम र जोडे वमको परिवार दुई छोरा एक छोरी श्रीमति गरि ५ जनाको परिवार छ । उनी सामान्य खेती किसानी र घाँस दाउरा काटेर जिविकोपार्जन गरिरहेका छन् । FO आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख द्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना (RBLIP) अन्र्तगत तरकारी खेतीको लागि विउ सहयोग कार्यक्रममा उनीहरु जोडि समुह भएर आफ्नो जिम्मेवारी वहन गरि रहेकाछन् । उनले कार्यक्रम वाट तरकारी खेतीको महत्व स्थानीय रैथानीवालीको सदुपयोग गरि कुपोषण न्यूनिकरणको वाट वच्ने उपायको वारेमा जानकारी पछि गाउका सवैजनालाई भेला बोलाई विभिन्न हिंसाको कुरा सुनाई तम्वाकु खेतीको वेफाईदा सुनुवाई गरि तरकारी खेतीको महत्वको वारेमा जानकारी दिई तरकारीको लागि आफ्नो घर वरिपरी रहेको तम्वाकुलाई उखेलेर रायोको साग तोरी र वजारवाट विभिन्न प्रजातीका तरकारीका विउहरु ल्याई नर्सरी स्थापना गरि तरकारी खेती गर्न थालेका छन् । च्द्यीक्ष्ए परियोजना वाट काउली,वन्दा,प्याजका विउहरुको सहयोग गरि अहिले थाहा भयो कि तम्वाकु खेतिमा तरकारी खेती पनि हुंदो रहेछ । दुर्ग भन्छन् यसवाट समयको सदुपयोग,पैसाको वचत मैले महिनामा १५०० सयको तरकारी किन्नु पथ्र्यो अव त्यो पैसा पनि वचत भई छोराछोरी लाई पढ्नपाठन गर्न सहयोग पुग्छ । यसरी दुर्ग र जडे अन्य कामको साथसाथै समुदायमा पूर्ण सरसफाई ,छाउपडी पर्था,महिला हिंसाको कुराको वकालतका पक्षमा कुरा गर्दै आईरहेका छन् । तम्वाकु नखानु हौक्या खाउ गेडागुडी, एउटा छोरा एउटा छोरी दुईटा बुढाबुढी भन्दै उनीहरु घरखर्च पनि त्यहि पारिश्रमीकवाट वचत भएको पैसावाट अन्य खर्च चलाउन पाउदा निक्कै खुशी भएका छन