Deadline : Dec. 28, 2025, 7:57 p.m.
सोसेक नेपालमा विभिन्न परियोजनाका लागि रिक्त विभिन्न पदमा आवेदनका लागि सुचना मिति: २२ डिसेम्बर २०२५ सोसेक नेपाल (SOSEC Nepal) सन् १९९७ मा ग्रामीण समुदायमा बसोबास गर्ने पछाडि परेका समुदायहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको समग्र सुधारका लागि गैर–नाफामूलक सेवा प्रदायक संस्थाका रूपमा स्थापना भएको हो। यस संस्थाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा पछाडि परेका समुदायहरूको सामाजिक, आर्थिक र सांस्कृतिक स्तर उकास्न विभिन्न विकास साझेदार संस्थाहरूको सहकार्य र सहयोगमा विविध परियोजना/कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोसेक नेपालले निम्न विषयगत क्षेत्रहरूमा आधारित भएर आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छः (क) असमानताको विरुद्ध (सामाजिक न्याय) (ख) उत्तानशिल जीविकोपार्जन (ग) सुरक्षित र जीवनरक्षा (घ) खानेपानी, सरसफाइ तथा पोषण (WASH & Nutrition) (ङ) जीवनोपयोगी सीप तथा समावेशी शिक्षा (च) बालबालिकाको समृद्धि संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षासम्बन्धी नीतिलाई कडाइका साथ पालना गर्दै आएको छ र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाएको छ। हाल सोसेक नेपाल विभिन्न विकास साझेदार संस्थाहरूसँगको साझेदारीमा विपद् जोखिम न्यूनीकरण, दिगो जीविकोपार्जन, खानेपानी तथा सरसफाइ, पोषण, शिक्षा लगायतका प्रमुख क्षेत्रमा केन्द्रित भई विभिन्न परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले २८ डिसेम्बर २०२५ भित्र तल दिइएको लिंकमार्फत आवेदन दिनु हुन अनुरोध छः रोलिङ प्रणालीवाट छनाैट गरिने छ आवेदन पेश गरेका हरेक दिन सुचि तयार गरि प्रक्रिया अगाडी वढाइनेछ उपयुक्त क्यान्डिडेट नहुने वेला सम्म प्रक्रिया भइरहनेछ ।
नोट: समयमै आवेदन दिनु हुन अनुरोध छ । वृत्रित सुचना हेर्न तलको लिंकमा गइ हेर्न सक्नु हुनेछ माथीको लिंकमा गइ डिटेल हेर्न सकिन्छ ।