Posted at:
Jan. 16, 2024, 7:25 p.m.
सव इन्जिनियर आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशित मितिः २०८०/१०/०२ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख
, कालिकोट
, अछाम, जाजरकोट, जुम्ला, रुकुमपश्चिम र सुर्खेत जिल्लामा महिला
, बालबालिका
, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण
/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा दैलेख जिल्ला र दुल्लु, चामुण्डाबिन्द्रासैनी नगरपालिका तथा महाबु, डुंगेश्वर र गुराँस गाउँपालिकाहरुमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गदै आइरहेको छ । हाल संस्थालाई सब इन्जिनियर (PPIA) पदको आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
पदः सब इन्जिनियर (PPIA) बिज्ञापन नं.:
007-01-2080/081
जम्मा माग पद संख्याः १ (एक)
कार्यस्थलः कार्यक्रम संचालन भएका पालिकाहरु
कार्यअवधिः जनवरी देखि ३१ असार
, २०८१ सम्म (आवश्यकता तथा स्रोतको आधारमा कार्य अवधि थप हुन सक्ने)
मूख्य जिम्मेवारीः
- पालिकामा सञ्चालनहुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण र डिजाइन लागत तयार गर्ने ।
- लागत अनुमान स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने .
- पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
- कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
- कार्यक्रम संयोजक वा फिल्ड निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
योग्यता तथा अनुभवः
- प्राविधिक निरिक्षक पदका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
- खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने ।
- Computer र IT सम्बन्धी ज्ञान भएको र खास गरी Excel, Word र खानेपानी योजना सम्वन्धी डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने ।
- सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
- समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको ।
- समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
पारिश्रमिकः दातृनिकाय संग सम्झौता भए अनुसार
दरखास्त दिने विधिः
आवेदन र ब्यक्तिगत विवरण सहित
hrc@sosec.org.np ठेगानामा १० माघ २०८० मिति सम्म
"Application form" भरी दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरुको
(Reference) नाम
, सम्पर्क नम्बर
, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलार्ई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।
संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला
, दलित
, जनजाति
, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि :
सोसेक नेपाल
नारायण नगरपालिका १
, दैलेख
सम्पर्क फोन: ०८९ ४१०१८७
, ४१००९६
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल