सार्वजनिक अपिल
प्रस्तुत विषयमा यस संस्थाबाट दैलेख जिल्लाका चामुण्डा विन्द्रासैनी दुल्लु र नारायण नगरपालिका महावु डुंगेश्वर र गुराँस गाउँपालिका गरि ६ वटा पालिकामा संचालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको सम्झौता अवधि यसै भाद्र १५ गतेवाट समाप्त हुन लागेकाले यस कार्यक्रम अन्तरगत कारोवार गर्नुहुने सप्लायर्स, उपभोक्ता समिति तथा व्यक्तिहरु समेतले यस कार्यक्रमवाट कुनै लेनदेन वाकी भएमा भाद्र १२ गतेसम्म आफ्नो कारोवारको जानकारी दिइ राफसाफ गर्नुहुनका लागि अनुरोध गर्दछौ । सो मिति भन्दा पछाडी भुक्तानी आएमा सोसेक नेपालको कुनै जिम्मेवारी नरहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
साथै यस कार्यक्रमसंग सम्वन्धित कुनै कर्मचारीहरुको कुनै पसल वा व्यवसाय र व्यक्तिसंग कुनै प्रकारको लेनदेन तथा कुनै प्रकारका कुरा भए १५ गते भित्र सोसेक नेपालमा के भएको हो कारण सहित जानकारी गराउनु होला अन्यथा पछि कुनै प्रकारको कुरा सोसेक नेपाल जवाफदेहि नहुने जानकारी गराउछु ।
केही विषय भए तलको नम्वरमा टिपाउनु हुन वा संस्थामा निवेदन दिनु हुन पनि जानकारी गराइन्छ ।
सोसेक नेपाल बाट गर्ने सहयोग वा कार्यमा कुनै सिकायत वा गुनासो भएमा निशुल्क टोल फ्री नम्बर नमस्ते प्रयोगकर्ताका लागि १६६०८९४२००१ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७४८८८ मा जिज्ञासा, गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।
हीरासिंह थापा
कार्यकारी निर्देशक
सोसेक नेपाल, दैलेख