सुचना ! सुचना !!
प्रथम पटक प्रकाशित सुचना मिति २०८२ कार्तिक २३ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ स् (क)असमानता विरुद्ध, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ
यस संस्थाको खरिद समितिको मिति २०८२ साल कार्तिक महिनाको १९ गते निर्णनुसार यस संस्था को लागी तपशिलको सेवा आवश्यक परेकाले ईच्छुक परामर्श सेवा फम वा परामर्शकर्ता बाट ७ दिन (मिति २०८२ कार्तिक २३ देखी २९ गते) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित प्रस्तावना पत्र संस्थाबाट उपलब्ध TOR अनुसार भरि पेश गर्नका लागी यो सुचना प्रशारण गरिएको छ ।
आवश्यक सामाग्री
१, सोसेक नेपाल र Ipas नेपालको साझेदारीमा संचालित SRHR परियोजनाको अन्तर्गत minimum initial service package (MISP) for SRHR in Climate crisis situation training (4days ) संचालन गर्न को लागि प्रारामर्श सेवा
२, सोसेक नेपाल र Ipas नेपालको साझेदारीमा संचालित SRHR परियोजनाको अन्तर्गत Development of local adaption plan of action (३० दिन) कार्यक्रमको लागि प्रारामर्श सेवा
३, औषधिजन्य सामाग्रीहरु
प्रस्तावना पत्र पेश गर्दा आवश्यक कागजात हरु
१. फर्म दार्ता नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रतिलिपी
३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
४. परामर्शकर्ताहरुको बायोडाटा
५. प्राबिधिक र वितिय प्रस्तावना पत्र संस्थाबाट उपलब्ध TOR अनुसार
प्रस्तावना पत्र पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१, सार्बजनिक स्वास्थ्य, स्वास्थ्य ब्यवस्थापन, मानविय कार्य. सबिज्ञानवा सम्बन्धित स्वास्थ्य सम्बन्धि विषयहरुमा स्नातकोत्तर डिग्री
१. मानवतावादी र आपतकालीन परिस्थितिहरूमा यौन र प्रजनन स्वास्थ्य र अधिकार (SRHR) कार्यक्रम सञ्चालनमा क्रमिक रूपमा जिम्मेवार १० वर्षको न्यूनतम अनुभव।
२. SRHR को लागि न्यूनतम प्रारम्भिक सेवा प्याकेज (MISP) कार्यान्वयनमा अनुभव, जसमा तयारी, समन्वय, र तालिम तथा कार्यशालाहरूको वितरण समावेश छ।
३. नेपालमा विविध प्रकोपहरू (जस्तै, भूकम्प, बाढी, पहिरो, कोभिड-19 महामारी)को समयमा SRHR हस्तक्षेपमा प्रतिक्रिया दिन र सहयोग गर्न व्यवहारिक अनुभव।
४. वातावरण विज्ञान, वन विज्ञान, सार्वजनिक स्वास्थ्य वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर डिग्री।
५. जलवायु परिवर्तन, लैङ्गिकता, र SRHR सम्बन्धी राम्रो बुझाइ।
६. LAPA तयारी, जलवायु संवेदनशीलता विश्लेषण, र अनुकूलन योजना बनाउने अनुभव प्रमाणित।
७. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
९. प्रस्तावना पत्र पठाउने अन्तिम मिति र ठेगानाः प्रस्तावना पत्र संस्थाको इमेल procurement@sosec.org.np मा पठाउनु पर्ने छ । अन्तिम मिति र समयः २०८२ साल कार्तिक २९ गते ५ बजे सम्म पेश गरि सक्नु पर्ने छ मिति २०८२, कार्तिक ३० गते विहान ११:०० बजे खोलिने छ ।
१०. प्रस्तावना पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।
TOR र काेटेशन तलकोवाट डाउनलाेड गर्नु होला ।
Quotation Health Material medicine
हस्ताक्षर गर्नुपर्ने सेभगार्डिङ निति
Safeguarding_Policy-SOSEC_Nepal Sign
खरिद समिति
सोसेक, नेपाल



