सेवा खरिद सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित सुचना मिति २०८२ कार्तिक २७ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ स् (क)असमानता विरुद्ध, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ
यस संस्थाको खरिद समितिको मिति २०८२ साल कार्तिक महिनाको २६ गते बसेको बैठकको निर्णय अनुसार यस संस्था को लागी तपशिलको सेवा आवश्यक परेकाले ईच्छुक फर्म, कम्पनी अफसेट,स्थानिय सामुदायिक रेडियो बाट ७ दिन (मिति २०८२ कार्तिक २७ देखी २०८२ मंसिर ३ गते) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित पेश गर्नका लागी यो सुचना प्रकाशन गरिएको छ ।
आवश्यक सेवा
१. सामाजिक व्यवहार परिवर्तन संचार (SBCC)सामग्रीमार्फत प्रायोजन (Sponsorship) सम्बन्धि सन्देश स्थानीयकरण र प्रचार प्रसार सम्बन्धी सेवा गर्नको लागि स्थानिय एफ एम रेडियो हरु संग दर भाउ (कोटेशन) संकलन गर्ने सम्बन्धमा ।
२. सवारी साधन भाडामा लिने सम्बन्धि सेवा।
३. फ्लेक्स प्रिन्टीङ सम्बन्धि सेवा ।
प्रस्तावना पत्र पेश गर्दा आवश्यक कागजात हरु
१. फर्म दार्ता नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रतिलिपी
३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
४. सवारी साधनको हकमा थपः सावरी साधन दर्ता तथा नविकरणको कागजात( व्लु बुक) ।
तलकाे लिंकवाट कोटेसन र हस्ताक्षर गर्नुपर्ने निती डाउनलोड गर्नु हुन ।
Annual Vehicle Service Quotation
हस्ताक्षर गर्नुपर्ने सेभगार्डिङ निति
Safeguarding_Policy-SOSEC_Nepal Sign
खरिद समिति
सोसेक, नेपाल



