दैलेख जिल्लामा विश्व खाद्य दिवश प्रगति प्रतिवेदन

जिल्ला खाद्य अधिकार संजाल दैलेख

दैलेख जिल्लामा विश्व खाद्य दिवश प्रगति प्रतिवेदन
१.      पृष्ठभूमि ः
दैलेख जिल्लाको  आर्थिक तथा सामाजिक अवस्थालाई नियालेर विष्लेषण गर्दा यहांका अधिकांस युवाहरु कामको लागि विदेश जाने वाध्यतामा रुमलिएका छन भने खाद्य अधिकारको हनन् भएको धेरै समुदाय रहेकाछन् ।  खाद्य अधिकार हनन् भएको समुदायलाई खाद्य अधिकारको वकालत गर्ने तथा विश्व खाद्य दिवश मनाएको हो ।
दैलेख जिल्लामा खाद्य अधिकारमा संलग्न तथा अधिकारको क्षेत्रमा संलग्न विभिन्न संस्थाहरु मिली यस कार्यक्रमलाई संचालन गरिएको थियो ।
२.    दिवश मनाउने र सञ्चालनका प्रमुख उद्धेश्यहरु ः
ज्ञ।    विश्व खाद्य दिवशको वारेमा सवैलाई जानकारी गराउने र खाद्य अधिकारको प्रचार प्रसार गर्ने ।
द्द।    सरोकारवाला निकाय र खाद्य अधिकार हनन् भएको समुदाय विच खाद्य अधिकार र सरोकारवालाको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम संचालन गर्ने ।
घ।    सामुदायिक रेडियोवाट प्रतक्ष्य प्रसारण गरि दैलेख लगायतका विभिन्न जिल्लमा यसको प्रचार प्रसार गर्ने ।
३.    आशाशित उपलब्धीहरु
ज्ञ।    खाद्य अधिकारको वारेमा सवैलाई जानकारी भई खाद्य अधिकार हनन् भएमा सहयोग तथा वकालत गर्ने प्रणालीको विकास हुनेछ ।
द्द।    सरोकारवाला र खाद्य अधिकार हनन् भएका समुदाय विच अन्तरक्रिया भई वाच्न पाउने अधिकारको आधार खाद्य अधिकारको वारेमा सवैले जानकारी पाउनेछन्
घ।    रेडियोको माध्यमवाट दैलेख लगायतका विभिन्न जिल्लामा खाद्य अधिकारको वारेमा प्रचार प्रसार हुनेछ ।
द्ध।    आफुले जानेको खाद्य अधिकारको विषयलाई स्थानिय स्तरमा प्रचार प्रसार भई खाद्य अधिकार हनन् भएका समुदाय  लाभान्वित हुनेछन् ।
४.    प्रक्रिया
दैलेख जिल्लाका विभिन्न सरोकार वाला र जिल्ला खाद्य अधिकार संजालको वैठक वसी कार्यक्रम तयार गरिएको थियो । वैठकको निर्णयानुसार विभिन्न साझेदार संस्थाले विभिन्न प्रकारका काम तथा सहयो गरेका थिए ।  दातृनिकाय तथा अन्य निकाय संग समन्वय र सम्पर्क
गरि खाद्य अधिकार हनन् भएका दैलेखि समुदायहरु विशेष गरी पछाडि पारिएका समुदाय तथा भुमिहीनको लागि गरिएको खाद्य अधिकार हनन्का विषयलाई प्राविधिक तथा आर्थिक, तथा नैतिक सहयोगको लागि जिल्लामा अवस्थीत विभिन्न सहयोगी निकाय संग निरन्तर समन्वय तथा सम्पर्क गरिएकोछ ।
५.    कार्यक्रम प्रगति प्रतिवेदन
दैलेख जिल्ला मध्यपश्चिम विकास क्षेत्रको एक पहाडी जिल्ला हो, यस जिल्लामा विभीन्न जातजाती तथा वाीन्न वर्गका मानीहरु वसोवास गर्दछन यस जिल्लामा मुख्य पेशाको रुपमा कृषिलाई मानिन्छ । कृषिमा आधुनीकीकरण तथा आवश्यक पूर्वाधारको कमीले गर्दा आवश्यक रुपमा उत्पादन हुन सकिरहेको छैन, विभीन्न तवरबाट खाद्य अधिकारबाट वञ्चित भएको समुदाय जुन सदैव ज्याला मजदुरीबाट आफ्नो जिवन निर्वाह गरीरहेका छन र खाद्य अधिकार एउटा सवालको रुपमा हुनुपर्दछ भनि दैलेख जिल्लामा पनि एउटा खाद्यअधिकार सन्जालको गठन गरिएकको छ । यसैक्रममा यस संजालको आयोजनामा दैलेखमा पनि १५ अक्टोबर ( आश्विन २९) मा विश्व खाद्य दिवस मनाईयो जसमा मानव अधिकारको आधार खाद्य अधिकार मुल नाराका साथ खाद्य अधिकारबाट वञ्चित समुदाय र जिललाका सरोकारवाला निकायहरुको सहभागीतामा दैलेख वजारमा –याली गरि मनाइयो र अव वन्ने संविधानमा पनि खाद्य अधिकार शुनिश्चीतताका लागि समावेश गराईयोस भनि हस्ताक्षर संकलन गर्ने कार्य गरियो । उक्त कार्यक्रमा व्यानरमा तपसिलमा उल्लेखित विभिन्न नाराहरु लेखिएको थियो ।
“ वांच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार”,
“सुपथ, सुरक्षित र गुणस्तरीय खाद्यको परिपूर्ति गर !
जनताको खाद्य अधिकार र खाद्य सम्प्रभूता कार्यान्वयन गर ! !”
“दैलेख जिल्लालाई भोकमरी मुक्त जिल्लाको लागि आवश्यक पूर्वाधार निर्माण गरी भोकमरी मुक्त जिल्ला घोषणा गर !” “ अब बन्ने नयाँ संबिधानमा खाद्य अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गर !”

विश्व खाद्य दिवशको अवसरमा तपसिलमा उल्लेखित क्रियाकलाप संचालन गरिएको थियो ।

सि. नं.    कार्यक्रमको नाम    संचालन गरिएको मिति     कार्यक्रम संचालन गरिएको स्थान     संलग्न निकाय र संस्थाहरु     सहयोग तथा संचालन गर्ने निकाय
ज्ञ।        जिल्ला खाद्य अधिकार संजाल र सरोकारवाला निकाय विच वैठक     द्दण्टडरटरद्दछ    दैलेख वजार संजालको सचिवालय सोसेक कार्यालयमा     खाद्य अधिकार संजालका सदस्य र अन्य संस्थाहरु
द्द।        खाद्य अधिकार हनन् भएको रातीमाटे दलित समुदाय संग छलफल     द्दण्टडरटरद्दट    ना.न.पा. १ रातीमाटे     खाद्य अधिकार संजालका सदस्य र सोसेक दैलेख
घ।        खाद्य अधिकार हनन् भएको वादी समुदाय संग छलफल    द्दण्टडरटरद्दठ    ना.न.पा. ६ दैलेख वजार     खाद्य अधिकार संजालका सदस्य र सोसेक दैलेख
द्ध।        व्यानर, प्ले काड र कार्यक्रमको तयारी     द्दण्टडरटरद्दड    दैलेख वजार    स्याक नेपाल, सुडेक, विफ, सोसेक र खाद्य अधिकार संजालका सदस्य
छ।        दोस्रो दीर्घकालीन कृषि विकास रणनीति २०७१—२०९०ः नागरिक सरोकार विषयक खाद्य अधिकार संजाल को विज्ञप्ती प्रिट र वितरण     द्दण्टडरटरद्दड( द्दढ    दैलेख वजार     खाद्य अधिकार संजालका सदस्य, सोसेक
ट।        दैलेख जिल्लालाई भोकमरी मुक्त जिल्लाको लागि आवश्यक पूर्वाधार निर्माण गरी भोकमरी मुक्त जिल्ला घोषणा गर ! भन्ने व्यानर सहितको
बृहत ¥याली, दैलेख    द्दण्टडरटरद्दढ    गणेश चोकवाट शुरु भई दैलेख वजार परिक्रममा हुदै भगवति टोलवाट फिर्ता भई जिल्ला कृषि विकास कार्यालय नजिक समापन     जिल्ला खाद्य अधिकार संजालका सदस्य, सोसेक, विफ, सुडेक, स्याक, एभरेष्ट, समाज कल्याण क्लव, लगायतका विभिन्न संस्थाहरु र नागरिक समाजका सदस्यहरु
ठ।        “ अब बन्ने नयाँ संबिधानमा खाद्य अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गर !”
३१ औंं विश्व खाद्य दिवसको सन्दर्भमा दैलेख जिल्लावासीको तर्पmबाट सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू समक्ष पेश गरिने हस्ताक्षर अभियान    द्दण्टडरटरद्दढ    जिल्ला कृषि विकास कार्यालय अगाडी     जिल्ला खाद्य अधिकार संजालका सदस्य, सोसेक, विफ, सुडेक, स्याक, एभरेष्ट, समाज कल्याण क्लव, लगायतका विभिन्न संस्थाहरु र नागरिक समाजका सदस्यहरु
(१५०० जनाको हस्ताक्षर संकलन गरियो)
ड।        खाद्य अधिकार हनन् भएको रातीमाटे दलित समुदाय को हालको अवस्था र अव के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया     द्दण्टडरटरद्दढ    खाद्य अधिकार संजालको सचिवालय सोसेक कार्यालयमा    खाद्य अधिकार संजालका सदस्य र सोसेकका कर्मचारीहरु
ढ।        “ वांच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार”
भन्ने नाराका साथ वांसी गाविसमा खाद्य अधिकारको अवस्था र सरोकारवालाको  भुमिका विषय अन्तरक्रिया      द्दण्टडरटरघण्    वांसी  गाविसमा     खाद्य अधिकार संजालका सदस्य, सोसेक, महिला संजाल वांसी, वांसी गाविस स्थीत राजनैतिक दल र नागरिक समाज
ज्ञण्।        ३१ औं विश्व खाद्य दिवसको सन्दर्भमा दैलेख जिल्लामा खाद्य अधिकारको अवस्था र राज्यको दायित्व बिषयक अन्तरकृया कार्यक्रम        दैलेख वजार         गर्न नसकिएको कार्यक्रम

उपलब्धीः

  1.  खाद्य अधिकारको वारेमा सवैलाई जानकारी भयो । विभिन्न दैलेखवाट प्रकासित हुने पत्र पत्रिकामा विश्व खाद्य दिवश र खाद्य अधिकार हनन् भएमा सहयोग तथा वकालत गर्ने वारेमा समचार प्रकासित भयो ।
  2. सरोकारवाला र खाद्य अधिकार हनन् भएका समुदाय विच अन्तरक्रिया भई वाच्न पाउने अधिकारको आधार खाद्य अधिकारको वारेमा सवैले जानकारी पाए ।
  3.  रेडियोको माध्यमवाट दैलेख लगायतका विभिन्न जिल्लामा खाद्य अधिकारको वारेमा प्रचार प्रसार भयो ।
  4.  खाद्य अधिकारको विषयलाई स्थानिय स्तरमा प्रचार प्रसार भई खाद्य अधिकार हनन् भएका समुदाय  लाभान्वित भएकाछन् ।
  5. सरोकारवाला निकायहरुले खाद्य अधिकारलाई सवालको रुपमा हेर्ने  प्रतिवद्धता व्यक्त गरियो
  6.  सम्पुर्ण जनमानसमा खाद्य अधिकार सम्वन्धि जानकारीका साथै थप उत्साह जागरुकता ल्याएकोछ ।
  7.  खाद्य अधिकारबाट वञ्चित समुदायको पनि आफ्नो अधिकार सम्वन्धि खोजीगर्ने आत्मविश्वास जाग्नुका साथै हस्ताक्षर संकलनले गर्दा यो सवालमा सुझाव पठाउन सहज भयो

निश्कर्ष ः
यसरी हाम्रो जस्तो विकासोन्मुख राष्टमा दिनानु दिन भोकमरीको समस्याले जरो गाडीरहेको छ भने उता सफल जनशक्ती विदेश पलाएन भईरहेका छन यसरी हेर्दा के देखिन्छ भन्दा पेट भोको जीउनारी वासी जस्तो भईरहेको छ । काम गनेृ जनशक्ती वाहीर गईरहेको छ र नेपालले प्रतिवर्ष भोगमरीलाई टार्नको लागी विदेशबाट सडेको तथा पुरानो खाद्यान्न ल्याई आफनो जनता पालीरहेको छ भने भेरै वर्षसम्म राखीएको परुानो तथा विषादी युक्त खाद्यान्नले महामारी रोगहरु प्mैलाईरहेको छ ।पेट भर्नलाइमात्रै भएको छ भने स्वास्थ्यमा प्रतिकुल असर पारीरहेको छ जसले गर्दा आयु न्युन भएको छ । भने ग्रामीण क्षेत्रमा रहेको जग्गा जमिन बाझै रहेको छ । खाद्य उत्पादनको लागि उपर्युत मानीएको जमिन शहरमा परिणत भएको छ जसलेगर्दा खाद्यान्न प्रयाप्त हुने स्थानमा पनि अपुग हुदै आईरहेको यो एउटा समस्याको रुपमा रहेको छ । यसरी खाद्य अधिकारलाई शुनिश्चित गर्नको लागि खाद्यअधिकारको तत्वहरु प्रयाप्तता,उपलब्धता,पहुचता र दिगोपना राज्यद्धारा शुनिश्चीत गरिनुपर्दछ । र कृषकहरुको हितको लागि खाद्य सम्प्रभुता (आफ्नो उत्पादनको मुल्य आफै कृषकहरुले नै तोक्नु ) पनि शुनिश्चित गरिनुपर्दछ । यसरी विश्व खाद्य दिवस मनाउदा खाद्य अधिकार सम्वन्धि जनचेतना फैलाउन सहयोग भईरहेकको छ ।

World Food Day Report

Next Post

दैलेख जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको वैठक मिति २०६८ पौष ७ गते निर्णय

२७ मंसिर २०६८, मंगलवार २३:३४
आज मिति २०६८ पौष ७ गते यस दैलेख जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अध्यक्ष निमित्त स्थानीय विकास अधिकारी श्री दील बहादुर शाही ज्यु र राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी ज्यु, एवं जिल्ला स्तरिय सरोकारवालहरुको उपस्थितिमा तपसिल बमोजिमको उपस्थिति र निर्णयहरु पारीत गरियो । तपसिल अध्यक्ष श्री दिल बहादुर […]

Download & Publications