सिलाई मेशिन बन्यो प्रेमको जीवन सहारा

राम्नीकाटिया, कर्णाली नदीको किनारमा अवस्थित दैलेख जिल्लाको राकमकर्णाली गाविस वडा नं. ४ मा पर्दछ । यस वस्तीमा ३१ घरधुरी दलित र १ घरधुरी गैरदलित गरि जम्मा ३२ घरधुरी बसोबास गर्दछन् । यस समुदायमा बसोबास गर्ने वासिन्दाहरुको कुनै पनि सेवा र सुविधामा पहुच पुग्दैन् । जसले गर्दा यस समुदायका सदस्यहरुको जीवनशैली अन्य समुदायको भन्दा भिन्न देखिदैन । मौषमी कमाईकाजका लागि भारत जाने र गाउघरमै ज्याला मजदुरी गर्नु यस वस्तीका सदस्यहरुको दिनचर्या भएको थियो ।

प्रेम नेपाली राकमकर्णाली गाविस वडा नं ४ राम्नीकाटियाका स्थानीय वासिन्दा हुन् । पुर्खेयौली पेशा कपडा सिलाउन अन्य सदस्यहरुको जस्तै यीनको परिवारको जीवन पनि अभावमा वितिरहेको थियो । उनको परिवारमा ४जना पुरुष र २ जना गरी जम्मा ६ जनाको परिवार छ । गाउघरमै गरेको ज्याला मजदुरीको आम्दानी र भारतका शहरहरुमा गई मौषमी रोजगारीले परिवारलाई मुश्किलले ६ महिना खान पुग्थ्यो ।

गरीबी निवारण कोष, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक)ले २०६४ साल बैशाखमा राकमकर्णाली गाविसमा गरीबी निवारणका लागि एकीकृत सामुदायिक विकास परियोजना लागु परियोजनामा कार्यरत कर्मचारीहरुको सहजीकरणमा गाविस स्तरीय, वडा स्तरीय र वस्ती स्तरीय कार्यक्रम सम्बन्धि अभिमुखिकरण पश्चात त्यस वस्तीमा ३२ सदस्यीय राम्नीकाटिया सामुदायिक संस्था गठन भयो । मासिक बैठक, मासिक वचत संकलन, सामाजिक लेखाजोखा फाराम भर्ने, सामाजिक नक्शांकन, माग संकलन, परियोजना प्रस्तावना तयारी पछि २०६४ साल आषाढ १४ गते यस सामुदायिक संस्था गरीबी निवारण कोष, नेपालमा दर्ता भई आयआर्जन क्रियाकलाप संचालन गर्न सम्झौता भयो । बैद्यता प्राप्त गरी सामुदायिक संस्थामा आवद्ध सदस्यहरुको सक्रियतामा आयाआर्जन क्रियाकलाप संचालनका लागि कोषबाट अनुदान प्राप्त रकम र सामुदायिक संस्थाको स्वलगानीबाट आफ्नो व्यवसाय शुरु गयौ ।
सामुदायिक संस्थाको घुम्तीकोषबाट माग गरिएको सिलाईकटाई तालिम लिए । तालिमबाट हौसिएका उनले सामुदायिक संस्थाको घुम्तीकोषबाट रु. ६,००० ऋण लिइ १ वटा सिलाई मेशिन र आवश्यक सामाग्री खरिद गरी २०६४ साल मंसिर देखि स्थानीय तारबजार राकमकर्णालीमा व्यवसयिक सिलाईकटाई व्यवसाय शुरु गरे । पुर्खेयौली बालीघरे र सामान्य कपडा सिलाईबाट भएको आम्दानीले परिवारको आवश्यकता पूर्ति गर्ने गरेका प्रेमबहादुरले व्यवसाय शुरु गरेको केही समयमै राम्रो आम्दानी गर्न थाले । शारिरीक रुपले अपांग प्रेमले व्यवसायलाई विश्वसनिय बनाउदै स्थानीय बजारको मागलाई ध्यानमा राखी व्यवसायमा सुधार गर्दै गए ।
प्रेमको लगनशिलता र परिश्रमी बानीका कारण उनले आफ्नो सिप र ज्ञानलाई बृद्धि गर्न अवसर मिले सम्मका तालिमहरु लिदै गए । हाल उनले संचालन गरेको व्यवसायमा उनी सहित २ जना स्थानीय युवाहरुले रोजगारी पाएका छन् । सिलाई कटाई व्यवसाय संचालनबाट भएको आम्दानीले उनले ३ वटा सिलाई मेशिन राखी व्यवसाय गरिरहेकाछन् ।  उनी भन्दछन् “ हाल दैनिक रु. ५ सय देखि ७ सय सम्मको व्यापार हुन्छ । कामको चापले कहिले काही अबेर सम्मै पसलमा व्यस्त हुनुपर्छ ।”
उनी बताउछन् “ यसै व्यवसायको कमाईबाट अहिले सम्ममा सामुदायिक संस्थाको ऋण चुक्ता गरि १ लाख ५ हजार लगानी गरी जग्गा खरिद गरी बस्ने बास (घर) बनाएको छु । साथै बच्चाहरुको शैक्षिक खर्च देखि परिवारको औषधोपचारका लागि पनि यसैको आम्दानीबाट पुगेको छ ।” बच्चाहरु नजिकैको जनज्योती मा.वि.मा कक्षा ७, ३ र २ कक्षामा अध्ययनरत छन् ।”
अन्त्यमा उनी भन्छन्, “ हामीलाई आर्थिक सहयोग गरी जीवनयापन सहज गराईदिने गरीबी निवारण कोष, नेपाल, कार्यक्रम लागु गर्ने सहयोगी संस्था सोसेक, परियोजनामा कार्यरत कर्मचारी जसले मलाई व्यवसाय संचालन गर्न उत्साह प्रदान गर्नु भयो उहाहरु सबैप्रति कृतज्ञता ज्ञापन गर्दै म जस्ता निमुखाहरुलाई परिश्रमी र लगनशिल भई कार्य गरेमा सबै कार्यमा सफलता मिल्दो रहेछ भन्न चाहान्छु ।

Next Post

बमबहादुरको जीवनमा परिवर्तन ल्यायो साना व्यापारले

४ भाद्र २०६९, सोमबार १२:२०
जिल्लाको विन्ध्यावासिनी गाविस वडा नंं ३ मा पर्दछ जाम्ने बस्ती । यस बस्तीमा १०२ महिला र ९० पुरुष गरी १९२ जनसंख्या सहित ३६ घरधुरी दलित बसोबास गर्दछन् । यस बस्तीमा बसोबास गर्ने समुदाय अशिक्षित, गरीब र सामाजिक रुपले अछुत भनिन्छन् । सबै क्षेत्रबाट प्रदान गरिने सेवा र सुविधाहरुमा यस समुदायको […]

Download & Publications